Siraha Times
ताजा समाचार

लहान: करोडौंको राहत बाडेका महेश चौधरीलाई मेयर बनाउनुपर्ने चर्चा

  • भदौ ७, २०७८
  • २३०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ,७ भदौ ।करोडौं बराबरको राहत बाँडेर एक्कासी चर्चामा आएका समाजसेबी महेश चौधरीलाई लहान नगरपालिकाको मेयर बनाउनु पर्ने चर्चा सुरु भएको छ । गाउँघर देखी शहर बजार सम्म चौधरीलाई मेयर बनाउनु पर्ने चर्चा सुरु भएको स्थानियबासीहरु बताउँछन् । सिरहाको लहान नगरपालिका क्षेत्रका बिभिन्न चिया पसल , चौक चौराहा लगायत सार्बजनिक स्थलहरुमा चौधरीलाई मेयर बनाउनुपर्ने चर्चा सुरु भएको छ ।

जिल्लाको बिभिन्न स्थानका बिपन्न बस्तीहरु लगायत लहान नगरपालिको २४ वटै वडाको अधिकांस ठाउँमा उनले कोरोना महामारीको बेला राहत बाँडेका थिए । चामल , दाल, नुन , तेल , नगद लगायतका खाध्यान्न सामग्रीहरुका जाडोयाममा भाडाकुडा , लत्ताकपडा लगायत बिभिन्न सहयोग सामग्रीहरु बिपन्न बस्तिको घर– घरमा पुगेर राहत स्वरुप निःशुल्क सहयोग गरेका थिए । आफनो ब्यक्तिगत लगानी र मनकारीहरुको सहयोगमा उनले करोडौं बराबरको राहत बाँडेको जनाईएको छ । चौधरीको श्रीमती संगिता कर्माचार्य समाजसेवा गर्दा गर्दै ज्यान गुमाएको थियो । भौतिक रुपमा चौधरीको श्रीमती संगिता कर्माचार्य संसारमा नरहेपनी उनले समाजप्रती गरेको योगदान र समाजसेवाप्रतिको मोहलाई सदैब जिवित राख्न संगिता कर्माचार्य स्मृति प्रतिष्ठान द्धारा हाल सम्म पनी राहत बितरण कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको छ । ‘ मैले कोरोना महामारीको बेला समाजसेवा गर्दागर्दै अत्यन्त नजिकको दुई जनालाई गुमाएको छु , एउटा दिपेन्द्र सिंह भाई र अर्काे श्रीमती ‘ संगिता ’ चौधरीले सुनाए । ’

भगवानले मलाई धन सम्पतीको कमी राखेको छैन् , मरेर गए के लानु छ, एक न एक दिन जती सम्पती वालालाई पनी मर्नु नै छ , समाजलाई केही दिएर जाँदा त्यो भन्दा ठुलो पुन्य केही हैन भन्दै चौधरीले भने – ‘ यदी समुदायले मलाई मेयर बनाउनु पर्ने सोच राखेको छ भने म मेयरमा उम्मेदबारी दिन तयार छु ,संचारकर्मीलाई उनले सुनाए ।, लहान नगरपालिका वडा नम्बर– २२ का एक जना बिपन्न दुलारी देबी सदायले भने मैले धन सम्पती बालाहरु धेरै जनालाई हेरेको ⁄ देखेको छु , यस्तो महामारीको बेलामा कोई आएन् , ज्यानको डरले उनिहरु लुकेर बसेको थियो ।, लहान नगरपालिकाको मेयरमा जलाई जिताए त्यो स्वार्थी र भ्रष्टाचारी भयो भनेर सुन्छु अर्का बिपन्न परिवार रामरत्ती चौधरीले भनिन् । समुदायलाई खाँचो परेको बेला जितेका जनप्रतिनिधिहरु एक पल्ट पनी आएन् समुदायको दुःखमा साथ दिन आएन् तर महेश वाबुलाई जतिखेर भन्छु त्यतिखेर सहयोग गर्छ र आउँछ ।, उनी हाम्रो लागी भगवान हो ।, उनि धनको साथै मनको धनी मान्छे हो , धन सम्पती देखी उनलाई केही स्वार्थ छैन् लहान नगरपालिकामा उनी जस्तै मेयरको खाँचो छ बिपन्न परिवारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१