पर्साको छिपहरमाई गाउँपालिका -१ मा नेकपा एमाले वडा कमिटी गठन

  • भदौ १, २०७८
  • ७७९ पटक पढिएको
  • रामएकवाल राम
alt

धर्मेन्द्र प्रसाद यादव भिस्वा । पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुरमा नेकपा एमाले ओली समूहको वडा कमिटी गठन गरिएको छ ।

नेकपा एमाले पर्साका सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको प्रमुख आतिथ्यता तथा छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष पहलाद साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला सदस्य हरिन्द्र हाजरा ,गा. पा सचिव कवलसरीफ गदी,बिहारी साह, राजबली यादव, पहाडी गिरी, नाजिर मिया , राजकिशोर यादव, सुबास साह लगायत अतिथिको उपस्थिती रहेको थियो ।

नवगठित वडा कमिटिको अध्यक्षमा मंगनी राउत अहिर, उपाध्यक्ष चन्द्रिका प्र.यादव , सचिव रहमान मिया, सह-सचिव रामलखन ठाकुर , कोषाध्यक्षमा भागीरथ राम चयन भएका छन् । सोमबार छिपहरमाई–१ स्थित श्री नेरा प्रा. वि बघमरिमा भएको कार्यक्रमबाट ४१ सदस्यीय वडा कमिटि गठन गरिएको हो । सुरेन्द्र साह कानुले कार्यक्रम सञ्चालन गरेका थिए l

प्रतिक्रिया दिनुहोस

एनआरएनए कतारको कार्य ...

शियाराम यादव-२अगस्त २०२५ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११औं राष्ट्रिय अधिवेशन ...

वेतहामा प्रथम कोदो द ...

रहमुल लहान १७ साउन । सिरहाको लहान नगरपालिकामा सञ्चालित संरक्षण परियोजना मार्फत वाडा न.१५ वेतहाम ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज १६ श्रावण। नेशनल मेडिकल कलेज प्रा.लि.वीरगंज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१