ताजा समाचार

पर्साको छिपहरमाई गाउँपालिका -१ मा नेकपा एमाले वडा कमिटी गठन

  • भदौ १, २०७८
  • ९१६ पटक पढिएको
  • रामएकवाल राम
alt

धर्मेन्द्र प्रसाद यादव भिस्वा । पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुरमा नेकपा एमाले ओली समूहको वडा कमिटी गठन गरिएको छ ।

नेकपा एमाले पर्साका सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको प्रमुख आतिथ्यता तथा छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष पहलाद साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला सदस्य हरिन्द्र हाजरा ,गा. पा सचिव कवलसरीफ गदी,बिहारी साह, राजबली यादव, पहाडी गिरी, नाजिर मिया , राजकिशोर यादव, सुबास साह लगायत अतिथिको उपस्थिती रहेको थियो ।

नवगठित वडा कमिटिको अध्यक्षमा मंगनी राउत अहिर, उपाध्यक्ष चन्द्रिका प्र.यादव , सचिव रहमान मिया, सह-सचिव रामलखन ठाकुर , कोषाध्यक्षमा भागीरथ राम चयन भएका छन् । सोमबार छिपहरमाई–१ स्थित श्री नेरा प्रा. वि बघमरिमा भएको कार्यक्रमबाट ४१ सदस्यीय वडा कमिटि गठन गरिएको हो । सुरेन्द्र साह कानुले कार्यक्रम सञ्चालन गरेका थिए l

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤