ताजा समाचार

अफगान सत्तालाई नियन्त्रणमा लिने तालिवानी कदमको चीनद्वारा स्वागत

  • साउन ३२, २०७८
  • ८३४ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । तालिवानले अफगानिस्तानी सत्तालाई नियन्त्रणमा लिएपछि चीनको पहिलो प्रतिक्रिया आएको छ । चिनियाँ विदेश मन्त्रालयले तालिवानले सत्ता लिएपछि पनि चीन अफगानिस्तानसँग मैत्रीपूर्ण र साझेदारी सम्बन्ध कायम राख्न चाहेको जनाएको छ ।

अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ती गर्न थालेसँगै चीनले तालिवानलाई बेइजिङमा बोलाएर छलफल गरेको थियो । सो बेलादेखि नै बेइजिङ र तालिवानबीच सम्बन्धमा सुधार आउन सक्ने आंकलन गरिएको थियो ।

सोमबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले अहिलेको परिस्थितीमा चीनले अफगानिस्तानसँग सम्बन्ध सुधार्न चाहेको बताइन् । प्रवक्ता हुवा चिनइङले भनिन्, ‘तालिवानीले चीनसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहिरहेका छन् । साथै उनीहरुले अफगानिस्तानको शान्ति प्रक्रिया तथा पुननिर्माणमा सहभागि हुन चाहिरहेका छन्’ उनले भनिन् ।

हामी यो परिस्थितीलाई स्वागत गर्र्छाैं । अफगानी जनताले आफै आफ्नो भाग्य कोर्ने र विकसित हुने अधिकारको हामी सम्मान गर्छौ । यसका लागि हामी मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छौं’ उनले भनिन् ।

साथै, प्रवक्ता चिनइङले शक्तिको स्वभाविक हस्तान्तरण गर्न तथा खुला र समावेशी इस्लाम सरकार बनाउन पनि आग्रह गरिन् । चीनले काबुलस्थित दूतावासलाई निरन्तरता दिने जनाएको छ । चीनले अहिलेको अफगान परिस्थितीलाई नजिकबाट नियालिरहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–१३ घलेटोलमा ‘घर ...

ओम प्रकाश यादव, लहान, असोज १२ । लहान नगरपालिका–१३ घलेटोलमा ‘घर–घरको शान, स्वच्छता ...

सुखीपुरमा रोकिएको सा ...

लहान १२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा विगत करिब ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहे ...

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤