सलहेश फुलवारीलाई जोड्ने नयाँ कृषि सडक बिबादास्पद चरीत्र हत्या गर्न साह माथी मुद्दाको आरोप

मुद्दाको आरोपमा सत्यता नरहेको रामबृक्ष साहको दाबी

  • साउन ३१, २०७८
  • ९०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३१ , साउन । सिरहाको लहान नगरपालिका वडा नम्बर - २२ मा रहेको सलहेश फुलवारीलाई जोड्ने नयाँ कृषि सडक अहिले बिबादास्पद बनेको छ । सोही ठेगाना स्थायी बसोबास गर्ने रामबृक्ष साहलाई प्रतिवादी बनाई ( नव निर्मित नयाँ बाटोमा ) जग्गा पर्ने तीन जना जग्गा धनिले मिति २०७७ चैत्र २७ गते सिरहा जिल्ला आदालतमा मुद्दा दिएको छ । करिब आधी किलो मिटर लम्बाई र १५ फिट चौडाईको नव निर्मित सडक लहान नगरपालिकाले निर्माण गरेको हो ।

तिनै जनाले जिल्ला आदालत सिरहामा दिएको मुद्दामा मेरो चरीत्र हत्या गर्ने प्रयास भएको साहले बताए । सडकले आम जनतालाई फाईदा गर्ने छ भन्दै उनले भने -`नवनिर्मित कृषि सडकको नजिक मेरो स्कुल छ , तर मेरो स्कुलमा साविक देखि नै बाटो छ, उक्त नव निर्मित बाटोले मलाई मात्र ब्यक्तिगत फाईदा गर्दैन , सबैलाई फाईदा गर्छ । , उनीहरुले अतिक्रम गरी बनाएको कच्ची सडक बाटो खुलाई समेतको बिषयमा मुद्दा दिएको हो । साहले ब्यक्तिगत फाईदाका लागी सो सडक निर्माण गरेको उनिहरुको आरोप छ । मुद्दा दायर गर्नेहरुमा जिल्ला सिरहा लहान नगरपालिका वडा नम्बर -२२ बस्ने झौली साह , लहान - ४ कि बिभा कुमारी यादव र लहान - ३ कि कपिलेश्वरी देवी रहेको रामबृक्ष साहले पत्रकार सम्मेलनको आयोजना गरी बताएका छन् ।

Open Photo

दिएको मुद्दा पुर्ण रुपमा राजनीतिक षड्यन्त्र रहेको र उक्त आरोपमा सत्यता नरहेको उनले दाबी गरे । मेरो स्कुलको उत्तर पट्टि टासेर उक्त सडक निर्माण भएको हुनाले , मलाई ईङ्गित गरी उनिहरुले म माथी झुठो आरोप लगाईएको उनले बताए । स्कुलको बाटो साविक देखि नै छ , उक्त बाटो देखि स्कुल कुनै सरोकार राख्दैन् साहले फेरी दोह्र्याए । सरोकारवाला निकायलाई स्थलगत रूपमा आई सत्य तथ्य छानबिनका साथै न्यायका लागी आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१