ताजा समाचार

रविदास समाज सेवा नेपाल कतारग्रुपद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

  • साउन ३१, २०७८
  • १०९२ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा - रविदास समाज सेवा नेपाल कतार ग्रुप द्वारा शनिबार एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन।

धनुषाको मिथिला नगरपालिका वाडा न.-९ स्थित लालगढमा क्यान्सर पीडित मन्टुटिया रविदासलाई राहत स्वरुप उपचारमा थप सहयोग होस भन्ने उद्देशले कतार ग्रुपद्वारा एक कार्यक्रम गरि रु  २५०००/ नगद सहयोग गरेका छन।

उक्त कार्यक्रममा बद्री महराको अध्यक्षतामा भएको थियो भने मिथिला नगरपालिका -९ का वडा अध्यक्ष एव कार्यक्रमको प्रमुख आतिथी दिपक थापाले यस समुदायलाई  शिक्षामा बढी भन्दा बढी जोर दिने बताउनु भयो। नेपाल संयोजक बिरेन्द्र महराले बोल्दै संस्थाले एक वर्षमा विभिन्न ठाउँमा सहयोग गरेको बताउदै र आफ्नो समुदाय प्रती यस संस्थाले यसरी नै समाजिक कार्यमा अगाडि रहने आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो भने  कार्यक्रमको संचालक एव प्रस्तोता सत्यनारायण महराले गर्नु भएको थियो।

हाम्रो समुदायमा एव मिथिलामै दहेज मुक्त समाज , बाल शिक्षा तथा उच्च शिक्षामा पहुँच नभएका विद्यार्थीहरुलाई सहयोग  छुवाछुत मुक्त समाज निर्माण अभियान  महिला हिसा र सम्पुर्ण चमार जातीलाइ संगिठत गर्ने मुख्य उदेश्य लिइ यस रविदास समाज सेवा संस्थाको गठन भएको कुरा बताउदै प्रस्तोता महराले जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤