ताजा समाचार

पाकिस्तानमा हिन्दु मन्दिर तोडफोड : सनातन धर्म महासङ्घको गम्भीर आपत्ति

  • साउन ३०, २०७८
  • ७१६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं। सनातन धर्म महासङ्घ नेपालले पाकिस्तानमा हिन्दु मन्दिर तोडफोड गरेको घटनाको विरोध गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष छानबिनका लागि माग गरेको छ ।

महासङ्घका प्रवक्ता राजन अधिकारीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा रहेका अल्पसङ्ख्यक हिन्दु समुदायको अधिकार रक्षाका लागि समेत आग्रह गरेको छ ।

केही दिनअघि पाकिस्तानको रहिम यार खान जिल्लाको भोंग शहरमा रहेको गणेश मन्दिर तोडफोड भएको थियो ।

एक नौं वर्षीय हिन्दु बालकले मुस्लीम सेमीनारमा पिशाब गरेको आरोपको बदलामा उक्त हिन्दु मन्दिर तोडफोड भएको विभिन्न सञ्चारमाध्यममा जनाइएको छ ।

यसै घटनाप्रति निष्पक्ष छानबिनको माग गर्दै सनातन धर्म महासङ्घ नेपालले अल्पसङ्ख्यक समुदायको अधिकारको सम्मान गर्न आग्रह गरेको हो । यस्तै महासङ्घले यस्ता घटनालाई गम्भीरतापूर्वक लिन संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगलाई समेत आग्रह गरेको छ ।

यस्तो छ महासङ्घद्वारा जारी विज्ञप्ति

press-release-225x300

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤