Siraha Times
ताजा समाचार

सुतेकै अवस्थामा किन गुमाउँछन् खाडीमा नेपाली श्रमिकले ज्यान ?

  • साउन ३०, २०७८
  • ७३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

खाडीमा कार्यरत कतिपय नेपाली बेलुका सुतेका थिए तर बिहान बिउँझिएनन् भन्ने थुप्रै खबरहरु सुन्न पर्छ । यस्तै अन्य विभिन्न कारणहरु छन् काम गर्न आएकाहरु बाकसमा फर्कने । तथ्याँक हेर्ने हो भने प्राकृतिक कारणले गर्दा ज्यान गुमाउनेको संख्या धेरै छ । त्यसपछि आत्मह’त्या गर्ने, सडक दु’र्घट’नामा र कतिपय नेपाली नागरिकको परदेशी भूमिमा हत्या पनि भएको छ ।

धेरैजसोको ‘न्याचुरल डेथ’ अर्थात प्राकृतिक कारणले ज्यान गएको भनेर उल्लेख गरिएको हुन्छ । यसको मतलब मुटुले काम गर्न छोडेमा वा स्वासप्रस्वासमा केही समस्या आएर रोकिएमा दुईतीन मिनेटमै ज्यान जान सक्छ । यसैलाई प्राकृतिक मृ’त्यु भनिन्छ ।

खाडीका देशमा यहाँ गर्मी धेरै छ । नेपाली श्रमिकहरु नेपालमा जस्तै खटिएर दिनभरी काम गर्नुहुन्छ । पसिना बगेको ख्याल गर्दैनन् । पसिना सँगसँगै हाम्रो शरीरमा भएको नुनको मात्रा पनि बगेर जान्छ । जसले गर्दा शरीरको रक्तचाप कम भइसकेको हुन्छ । त्यसैमाथि कतिपयको त रक्सी खाने बानी हुन्छ । दिनभरि काम गरेर बेलुकी रक्सी खाँदा त्यसले झन् शरीरमा बाँकी रहेको पानी र नुनको मात्रालाई पनि फालिदिन्छ ।

यसरी नुनको गडबडी र पानीको मात्रा कम भएपछि मुटुको चालमा समस्या आउँछ । जसको कारण ज्यान जान्छ । धेरै नेपालीको यही कारणले परदेशमा ज्यान गएको पाइन्छ । त्योबाहेक मुटुमा हुने समस्या हृदयघात र स्वासप्रस्वासमा समस्या आएर पनि हुन्छ ।

यस्तै खाडीमा काम गर्ने धेरै नेपाली श्रमिकहरुमा मृगौलाको समस्या पनि देखिएको छ । यहाँ काम गर्ने पाँच जनामा एक जनामा मृगौलाको पत्थरी भएको पाइएको छ । पिसाबको नली हुँदै पानी बाहिर बग्नुपर्ने हुन्छ । पानी प्रशस्त मात्रामा बगेन भने पिसाबमा भएको नुनको मात्रा जमेर ढुंगाजस्तै बन्ने हो र त्यही नै ‘किड्नी स्टोन’ हो । ठूलो भएपछि त्यसैले दुःख दिने हो । कहिलेकाहीँ त्यसैले मृगौला फेल गरिदिन्छ । त्यसैले पिसाब सफा नआएसम्म पानी पिइरहनुपर्छ ।

खाडीमा नेपाली श्रमिक कोही घर बाहिर काम गर्छन् भने कोही घरभित्रै रहेर काम गर्छन् । घाममा काम गर्नेले त ‘भिटामिन डी’ को मात्रा पाइरहेका हुन्छन् । तर घरभित्र काम गर्ने, भित्रै बसिराख्नेहरुमा ‘भिटामिन डी’को कमी हुन्छ । त्यसले शरीर दुख्ने, चल्न मन नलाग्ने हुन्छ ।

यस्तै ‘भिटामिन डी’को कमीले ‘डिप्रेशन’ गराउँछ र मानिसलाई आत्महत्या गर्ने अवस्थासम्म पुर्याउँछ । आत्महत्या गर्नेमध्ये ९२ देखि ९५ प्रतिशत ‘भिटामिन डी’ को कमीले भएको पाइएको छ । त्यसैले डिप्रेशनलाई रोक्नु भनेको आत्महत्या रोक्नु हो । त्यसको लागि ‘भिटामिन डी’ मा पनि होस पुर्याउनुपर्छ ।

यहाँ सबै फ्रोजन फूडहरु हुन्छ । पोषणयुक्त त्यति हुँदैन । जसले हातखुट्टा झमझम्याउने, जिब्रोमा घाउ आउने, मुखको कुनाकुनामा घाउ आउने हुन्छ । यस्तो हुनु भनेको भिटामिनको अभावले हो । यस्तो भएको थाहा भयो भने औषधि खान सकिन्छ ।

खाडीमा रहेका नेपाली दाजुभाइहरुले डिहाइड्रेशन (शरीरमा पानीको मात्रा कम भएको अवस्था) हुन दिनुहुँदैन । यस्तो अवस्थामा रक्सी खानुभएन । डिहाइड्रेशन भएपछि नेपालमा जीवनजल भनेजस्तै यहाँ पनि पाइन्छ । त्यही बनाएर खानुपर्छ । त्यो नखाइकन रक्सी खान थाल्यो भने त्यसले निकै गाह्रो हुन्छ । यो प्राणघातक हुन्छ । त्यसले ज्यानै पनि लिन सक्छ । त्यसैले आफूले गर्ने काम अनुसार शरीरलाई पनि ख्याल गर्नुपर्छ । श्रमिक आफैं थोरै सचेत हुने हो भने आफूले आफूलाई बचाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१