थप ३ हजार २६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

  • साउन २८, २०७८
  • ६५३ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । गत २४ घण्टामा नेपालमा १५ हजार ४६२ जनाको परीक्षण गर्दा ३ हजार २६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार २९४ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ८०६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६५६ जनको परीक्षण गर्दा ७८७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ३२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बिहिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार १८० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

कपिलवस्तु, माघ १७ । कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहि ...

सामाजिक उत्तरदायित्व ...

ओम प्रकाश यादव लहान, माघ १७ । सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ३ मा अवस्थित नाइटिङ्गेल स्कुलका ...

सिराहा–१ को चुनावी म ...

लहान माघ १७ । आसन्न निर्वाचनलाई लक्षित गर्दै सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१