ताजा समाचार

इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुने

  • साउन २८, २०७८
  • ७४७ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले कार्यालयमै सेवाग्राहीलाई थुनेका छन् ।बुधबार मेयर चौधरीले कार्यालयमै एक सेवाग्राहीलाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन् ।

इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर मेयर चौधरीले पैनीमाथि घर किन बनाएको भन्दै धम्कीपूर्ण शैलीमा थुनेका हुन् ।सातदिनभित्र घर भत्काउने कि थुनिदिऊँ’ भनेपछि मैले आफ्नो घर किन भत्काउने भनेर मेयरलाई प्रश्न गरेको हुँ’ पीडित ढकालले भने,‘घर नभत्काउने भनेपछि नगर प्रहरीद्वारा अमानवीय व्यवहार देखाएर दुई घण्टासम्म थुनिएको छ ।’

मेयर चौधरीले तत्काल थुन्न भन्दै नगर प्रहरीलाई निर्देशन दिएका थिए । दिउँसो ३ बजेदेखि उनलाई दुई घण्टासम्म नगरको एक कक्षमा थुनिएको थियो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤