नेपाल रजक सेवा समाज द्वारा राहत वितरण सम्पन्न

  • साउन २८, २०७८
  • १४३९ पटक पढिएको
  • रामएकवाल राम
alt

प्रदेश नं. २ को विभिन्न जिल्ला हरु मध्ये सप्तरी धनुषा महोतरी र सर्लाही जिल्ला लाई केन्द्रित गरि रजक समुदाय को वास्तविक  गरिब असाहाय तथा बिपन्न व्यक्ति  हरु को पहिचान गरि ६६ घर परिवार लाई राहत स्वरुप दाल चामल आलु प्याज नुन लगायत को खाद्यान्न सामग्री को  व्यवस्था गरि संस्था का समाजसेवी हरु गरिब  को घर घर मा पुगि राहत हस्तान्तरण गरेको छ।

2a00511d-8b6b-4d79-a5a4-7507c846fa23

कोभिड- १९ को कारण  लकडाउन ले निम्त्याएको समस्याले दैनिक ज्याला मजदुरी समेत गुमाएको ले गरिब हरुको पीडा असहनीय भएकोले रजक समुदाय लक्षित गरिब हरु को लागि  मलहम पट्टि को काम गरेको छ। नेपाल कतार साउदी दुबई मलेशिया मा रहेका रजक समुदाय को युवा हरुले आपस  मा सहयोग संकलन गरि रकम जुटाइ गरिब हरुलाइ राहत वितरण गरेको छ। 

नेपाल रजक सेवा समाज ले समय समयमा गरिब असाहाय तथा बिपन्न हरु लाई सेवा र सहयोग को साथ साथ सामाजिक भेदभाव , सामाजिक कुप्रथा , दाइजो प्रथा बालबिवाह जस्ता सामाजिक कुरिती प्रती लक्षित जनचेतना मुलक कार्यक्रम द्वारा नागरिक लाई सचेत गराउदै आएको छ।

यी संस्था का युवा हरु हाल प्रदेश नं. २ को आठ वटै जिल्ला लगायत साउदी कतार दुबई मलेशिया भारत लगायत देश मा क्रियाशिल रहेको महासचिव नर्सिङ रजकले जानकारी दिनुभएको हो।

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१