ताजा समाचार

नेपाल रजक सेवा समाज द्वारा राहत वितरण सम्पन्न

  • साउन २८, २०७८
  • १६९५ पटक पढिएको
  • रामएकवाल राम
alt

प्रदेश नं. २ को विभिन्न जिल्ला हरु मध्ये सप्तरी धनुषा महोतरी र सर्लाही जिल्ला लाई केन्द्रित गरि रजक समुदाय को वास्तविक  गरिब असाहाय तथा बिपन्न व्यक्ति  हरु को पहिचान गरि ६६ घर परिवार लाई राहत स्वरुप दाल चामल आलु प्याज नुन लगायत को खाद्यान्न सामग्री को  व्यवस्था गरि संस्था का समाजसेवी हरु गरिब  को घर घर मा पुगि राहत हस्तान्तरण गरेको छ।

2a00511d-8b6b-4d79-a5a4-7507c846fa23

कोभिड- १९ को कारण  लकडाउन ले निम्त्याएको समस्याले दैनिक ज्याला मजदुरी समेत गुमाएको ले गरिब हरुको पीडा असहनीय भएकोले रजक समुदाय लक्षित गरिब हरु को लागि  मलहम पट्टि को काम गरेको छ। नेपाल कतार साउदी दुबई मलेशिया मा रहेका रजक समुदाय को युवा हरुले आपस  मा सहयोग संकलन गरि रकम जुटाइ गरिब हरुलाइ राहत वितरण गरेको छ। 

नेपाल रजक सेवा समाज ले समय समयमा गरिब असाहाय तथा बिपन्न हरु लाई सेवा र सहयोग को साथ साथ सामाजिक भेदभाव , सामाजिक कुप्रथा , दाइजो प्रथा बालबिवाह जस्ता सामाजिक कुरिती प्रती लक्षित जनचेतना मुलक कार्यक्रम द्वारा नागरिक लाई सचेत गराउदै आएको छ।

यी संस्था का युवा हरु हाल प्रदेश नं. २ को आठ वटै जिल्ला लगायत साउदी कतार दुबई मलेशिया भारत लगायत देश मा क्रियाशिल रहेको महासचिव नर्सिङ रजकले जानकारी दिनुभएको हो।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤