कुलमानले लिए ४ बर्षका लागि नियुक्तिपत्र, प्राधिकरणमा भव्य स्वागत गरिदैँ

  • साउन २७, २०७८
  • ९५२ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले नियुक्तीपत्र लिएका छन् ।

आज ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई चारबर्षको लागि नियुक्तिपत्र दिएका हुन् ।४ वर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश भएका घिसिङ दोस्रो कार्यकालको पदभार ग्रहण गर्दैछन् । उनलाई विद्युत प्राधिकरणमा भव्य स्वागतको तयारी भइरहेको छ ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै कुलमानलाई ल्याइएको हो ।आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको हो । शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको छ  शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताएका थिए ।

​दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए । एक वर्षअघि उनको कार्यकाल सकिएसँगै पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि तत्कालीन केपी ओली सरकारले नियुक्ति दिएको थिएन ।

तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो। ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमानकै प्रवेश भएको हो  । ओली सरकारले नियुक्त नगरेका कुलमानलाई देउवा सरकारले नियुक्ती दिएपछि जनताले सरकारको प्रशंसा गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१