ताजा समाचार

ज्योति पासवान मृ-त्यु प्रकरण : प्रेमी कृष्ण मिश्रा विरुद्ध जाहेरी दर्ता

  • साउन २७, २०७८
  • ९८१ पटक पढिएको
  • रामएकवाल राम
alt

सप्तरी – सप्तरीको सुरुंगा नगरपालिका-७ पोखरियाकी ज्योति पासवानको मृ-त्यु प्रकरणमा उनका प्रेमी कृष्ण मिश्राविरुद्ध उजुरी दर्ता गरिएको छ ।झाविरुद्ध ज्योतिका पिता प्रमोदले आत्महत्या दुरुत्साहन ज्यान सम्बन्धी शीर्षकमा जाहेरी दर्ता गराएका हुन् ।

प्रमोदले इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्ले जानकारी दिए ।कृष्णले ललाइफकाइ आफ्नी छोरीलाई घरबाट लिएर गएको र यौन शोषण गरी छाडेपछि छोरीले आ-त्महत्या गरेको प्रमोदले दिएको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा कृष्णलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उप दफा २ नम्बर बमोजिम दण्ड सजाय गरी जाहेरबालालाई क्षतिपूर्ती समेत दिलाइदिन माग गरिएको छ ।सुरुंगा ७ पोखरियाकै कृष्णले गत फागुन १० गते मेरो श्रीमती रहेको भन्दै ज्योतिलाई लिएर गएका थिए । ज्योतिसँग विवाह गर्ने बताउँदा कृष्णका बुवाले कुनै किसिमको सम्पति नदिने भन्दै कागज गराउँदा उनले हाँसी-हाँसी औंठाछाप लगाएको थिए ।

ज्योतिलाई कृष्णले पाँच महीनासम्म आफैसँग राखेका थिए । कृष्णअसारको पहिलो साता कोठा खोज्न जाँदैछु भन्दै लहानको पुष्पाञ्जली लजबाट बाहिरिएका थिए । उनी एक सातासम्म नर्फकेपछि ज्योतिले आफ्नी आमालाई फोन गरेर भनेकी थिइन् ।

केही समयपछि ज्योतिका बुवा प्रमोदले उनलाई घर लिएर गएका थिए ।ज्योतिले आफ्नै घरमा यही साउन २३ गते आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤