ताजा समाचार

कतारको हमाद एयरपोर्ट संसारकै सर्वोत्कृष्ट विमानस्थल

  • साउन २६, २०७८
  • ९०१ पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी । कतारको हमाद अन्तराष्ट्रिय विमानस्थल संसारकै सर्वोत्कृष्ट विमानस्थल चुनिएको छ । विमानस्थलहरुको मुल्यांकन एवं वरियता निर्धारण गर्दै आएको स्काईट्र्याक्स कम्पनीले हिजो सार्वजनिक गरेको सूचीमा कतारको हमाद एयरपोर्ट शिर्ष नम्बरमा रहेको हो ।

झण्डै एक दशकमा पहिलो पटक सिंगापुरको चांगी एयरपोर्टको वरियता खस्केको छ । लगातार शिर्ष स्थानमा रहँदै आएको चांगी यसपटक तेस्रो नम्बरमा झरेको छ ।

कतार सरकार र कतार एयरवेजको लगातारको लगानी र सुधारपछि हमाद एयरपोर्ट शिर्ष स्थानमा उक्लिएको हो । यसपटकको वरियतामा हमाद र चांगीको बिचमा दोस्रो स्थानमा जापानको टोकियो हानेदा एयरपोर्ट आएको छ ।

शिर्ष १० स्थानमा जापानका तिन वटा विमानस्थल हानेदा, नारिता र कान्साई परेका छन् । यसैगरी दक्षिण कोरियाको इन्चीयोन, जर्मनीको म्युनिख, स्विट्जरल्याण्डको जुरिच, लण्डनको हिथ्रो र हङकङ विमानस्थल पनि शिर्ष १० को सूचीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤