ताजा समाचार

निर्वाचन आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर सहित १६ केन्द्रीय सदस्यको पद खोस्यो

  • साउन २५, २०७८
  • ५८९ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गरेको छ ।

यससँगै जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ भने अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

आयोगले आफ्नो पक्षलाई आधिकारिकता दिएपछि उपेन्द्रले नयाँ विवरण अध्यावधिक गर्नका लागि बैठकको माइन्युटसहितका कागजात आयोगमा पेश गरेका थिए ।आयोगले विवरण अध्यावधिक गरेसँगै महन्थ ठाकुर अध्यक्ष मात्र होइन केन्द्रीय कार्यकारिणी समिति सदस्य पदबाट समेत पदमुक्त भएका छन् ।

यद्यपि पार्टीले दल त्यागसम्बन्धी कारवाही नगर्दासम्म सांसद पद भने कायमै रहने देखिएको छ ।अहिले केन्द्रीय कार्यकारिणी समिति अध्यावधिक गरिएको र यसैका आधारमा सांसद पद भने नजाने सचिव अधिकारीले बताए ।पार्टीले कारवाही नगर्दासम्म उनीहरू पार्टीको साधारण सदस्यका रूपमा कायम रहने छन् ।

अध्यक्ष पद खोसिँदै गर्दा महन्थ ठाकुर जसपा अध्यक्षकै हैसियतमा जिल्ला दौडाहामा छन् । उनले तराईका विभिन्न जिल्लामा पुगेर कार्यकर्ता भेटघाट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤