ताजा समाचार

जातको कारण प्रेम असफलपछि युवतीको आत्महत्या

  • साउन २४, २०७८
  • १२७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ललिता दास, लहान २४ श्रावण । जातिय व्यवस्था कति नाजुक बन्दै गएको छ कि नयाँ युवा पीढीलाई समेत मृत्युको मुखमा पुर्याउने गरेको छ । यतिबेलाको जात व्यवस्थाले न त स्वभाविक मानवीय प्रेमलाई स्वीकार्न सकिरहेको छ न त समाजिक अवस्थाले ।यसकै उदाहरण बनेका सप्तरी सुरुङ्गा नपा ७,स्थित पोखरियाकी २० वर्षीय युवती ज्योती पासवानलाई स्थानीय युवक कृष्णा मिश्राले प्रेम जालमा पारेर फाल्नुमा भगाएका थिए। भगाएर विवाह गरी केही महिना लहानको एक होटेलमा राखि यौन शोषण गरेपछि सोही होटेलमा उनलाई छोरेर युवक फरार भएका थिए।

युवतले आफ्नो घरमा फोन गरेर बुवाआमालाई बोलाएर प्रहरीलाई खबर गरे तर, युवतीको कम उमेर भएको कारण प्रहरीले आमाबुवालाई नै जिम्मा लगाएका थिए ।ती युवती मानसिक तनावले हिजो २३ गते घर नजिकै एक रुखमा झुन्डिएर आत्महत्या गरेकी छिन् । घटनाको सत्यतथ्य छानवीन गरी दोषी मृतककि प्रेमी मिश्रालाई हदैसम्मको कार्वाही र पीडित परिवारलाई न्याय सहित छतिपूर्तिको व्यवस्था माग स्थानीयहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤