पाकिस्तानमा हिन्दू मन्दिर तोडफोड गरेको आरोपमा २० जना पक्राउ

  • साउन २४, २०७८
  • ११९० पटक पढिएको
  • रामएकवाल राम
alt

लाहोर:पाकिस्तानको पञ्जाब प्रान्तीय प्रहरीले एक हिन्दू मन्दिर तोडफोड गरेको आरोपमा शनिबार २० जनालाई पक्राउ गरेको छ। साथै उक्त घटनामा संलग्न १५० जनाभन्दा बढी विरुद्ध मुद्दा चलाएको जनाएको छ ।बुधबार एक स्थानीय मदरसामा आठ वर्षीय हिन्दू बालकले पिसाव फेरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। तर, अदालतले उनलाई रिहाइ गर्न आदेश दिएपछि लाहोरबाट ५९० कि.म टाढा, रहिम यार खान जिल्लाको भोंग सहरमा सयौं मुस्लिमहरुले बालकको रिहाइमा विरोध गर्दै हिन्दू मन्दिरमा तोडफोड गरेका थिए। 

'हामीले घटनामा संलग्न रहेको आशंकामा २० भन्दा बढी संदिग्धहरुलाई पक्राउ गरिसकेका छौं', रहिम यार खानका जिल्ला प्रहरी अधिकारी (डीपीओ) असद सरफराजले भने ।  भिडियो फुटेजको माध्यमबाट संदिग्धहरुको पहिचान गरिरहेको हुनाले आगामी दिनहरुमा थप केही व्यक्ति पक्राउ पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सहिद आमाको संघर्ष र ...

ओम प्रकाश यादव लहान, पुस १२। उहाँलाई पहिलो नजरमै देख्दा खुसमन्द, सरल र कोमल मन भएकी महिला जस्तो लाग् ...

मधेश प्रदेश सभामुख ...

ओम प्रकाश यादव लहान, पुष ११ । मधेश प्रदेश सभाको गरिमामय सभामुख पदमा नवनियुक्त माननीय राम अशिष यादवले ...

पुस १५ गतेलाई राष्ट् ...

काठमाडौं । सरकारले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१