ताजा समाचार

पाकिस्तानमा हिन्दू मन्दिर तोडफोड गरेको आरोपमा २० जना पक्राउ

  • साउन २४, २०७८
  • १३१८ पटक पढिएको
  • रामएकवाल राम
alt

लाहोर:पाकिस्तानको पञ्जाब प्रान्तीय प्रहरीले एक हिन्दू मन्दिर तोडफोड गरेको आरोपमा शनिबार २० जनालाई पक्राउ गरेको छ। साथै उक्त घटनामा संलग्न १५० जनाभन्दा बढी विरुद्ध मुद्दा चलाएको जनाएको छ ।बुधबार एक स्थानीय मदरसामा आठ वर्षीय हिन्दू बालकले पिसाव फेरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। तर, अदालतले उनलाई रिहाइ गर्न आदेश दिएपछि लाहोरबाट ५९० कि.म टाढा, रहिम यार खान जिल्लाको भोंग सहरमा सयौं मुस्लिमहरुले बालकको रिहाइमा विरोध गर्दै हिन्दू मन्दिरमा तोडफोड गरेका थिए। 

'हामीले घटनामा संलग्न रहेको आशंकामा २० भन्दा बढी संदिग्धहरुलाई पक्राउ गरिसकेका छौं', रहिम यार खानका जिल्ला प्रहरी अधिकारी (डीपीओ) असद सरफराजले भने ।  भिडियो फुटेजको माध्यमबाट संदिग्धहरुको पहिचान गरिरहेको हुनाले आगामी दिनहरुमा थप केही व्यक्ति पक्राउ पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–१३ घलेटोलमा ‘घर ...

ओम प्रकाश यादव, लहान, असोज १२ । लहान नगरपालिका–१३ घलेटोलमा ‘घर–घरको शान, स्वच्छता ...

सुखीपुरमा रोकिएको सा ...

लहान १२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा विगत करिब ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहे ...

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤