एसईईको नतिजा प्रकाशित

  • साउन २३, २०७८
  • ५१६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं ।माध्यामिक शिक्षा परीक्षा (एसईई)काे  नतिजा प्रकाशित भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित  गरेको हो । कोरोना महामारीका कारण एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन।

नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने छ । बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि। इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।

परीक्षार्थीले www.see.gov.npwww.neb.gov.npwww.theconnectplus.comwww.see.edusanjal.comwww.see.ntc.net.np, www.ekantipur.comwww.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१