Siraha Times
ताजा समाचार

महिला अधिकारकर्मी तथा समाजसेवी स्व.बुधनी देवी रामकी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

  • साउन २१, २०७८
  • ७१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान | साउन२० बुधबार सिरहाको कर्जन्हा नगरपालिका वडा न. २ मा आज महिला अधिकारकर्मी तथा समाजसेवी नेत्री स्वर्गीय बुधनी देवी रामकी तेह्रौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ। श्रद्धाञ्जली कार्यक्रममा उपस्थित सम्पूर्णले फुल माला सहित स्व. बुधनी देवीकी स्वर्गमा बासको कामना गरेका थियोे। प्रदेश २ जसपा नेत्री रेणु यादव द्वारा मैनवती बालेर कार्यक्रम अघि बढाएकी थिईन। वहाँ संसार छोडेर स्वर्गमा गए पनि वहाँले दिएकी देन र समाजिक उपदेश सबैले सिक्नै पर्छ। बुधनी देवी महरा जनता समाजवादी पार्टी नेपालबाट कर्जन्हा नगरपालिका वडा न.२ का प्रत्यासी उम्मेदवार थिईन। आजको श्रद्धाञ्जली कार्यक्रमका अध्यक्षता नेता राम भरोस महतोले गर्नुभएका थिए।त्यसैगरी प्रमुख अतिथि प्रदेश न.२ का प्रदेश सांसद सुनिता रामकी अनुसार संघर्षशील ,निडर र राम्री छवि भएकी समाजसेवी भएकी अभिव्यक्ति दिईन। नेत्री बुधनी देवीकी स्वर्गारोहनले जनता समाजवादी पार्टी ठुलो क्षति बेहेरेको बताईन। यो सँगै विशिष्ट अतिथि जसपा प्रदेश न.२का रेणु यादव र कर्जन्हा नगरपालिका प्रत्यासी उम्मेदवार लगायत दर्जनौं नेता कार्यकर्ताको गरिमामय उपस्थिति देखिएको थियोे । सांसद तथा भु.पु. मन्त्री धर्मनाथ यादव बुधनी महराकी स्वर्गवासले हामी स्तब्ध छौँ , वहाँ आफैंमा एउटा आदर्श थिईन , मधेशी , दलितको हक अधिकार सुनिश्चित गर्न अहोरात्र खटेकी थिईन। कुनै किसिमको मोर्चामा पछि नपर्ने नेत्री थिईन।कुशल नेतृत्व , ईमानदारीको नाम नै बुधनी देवी अबको युगमा भेट्नै गाह्रौ छ। त्यसतै जसपा कर्जन्हा नगरपालिका अध्यक्ष केशव साहका अनुसार भ्रष्टाचार सामाजिक दलितको विकास निर्माण कार्य गर्नमा ठुलो क्षति भएको साथै स्व. बुधनीको विचार धारा अमर रहने बोल्दै कार्यक्रम सम्पन्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१