Siraha Times
ताजा समाचार

एमाले नेताको दादागिरी : दलितको घरमै पसेर कुटपीट

  • साउन २०, २०७८
  • ६३८ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम, साउन २० । एमाले नेताको एक समूहले धनुषाका एक दलित परिवारलाई घरभित्रै पसेर मरसान्न हुने गरि कुटपीट गरेका छन् ।

मंगलबार राति उनीहरुको कुटपीटबाट दलित समुदायका आधा दर्जनभन्दा बढी व्यक्तिहरु घाइते भएका हुन् । जिल्लाको धनुषाधाम नगरपालिकाका एमाले नेता योग कुमार यादवका आफन्त तथा उनको समूहले कुटपीट गर्दा नगरपालिकाका वडा नं. ४ का दलित समुदायका आधा दर्जनभन्दा बढी व्यक्तिहरु घाइते भएको स्थानीयहरुले बताएका छन ।

घाइते हुनेहरुमा श्रीचन महरा, हिरा देवी महरा, ओपिन महरा, उर्मिला महरालगायत छन् । उनीहरुको धनुषाधामस्थित स्थानीय स्तरमा उपचार भईरहेको छ । धनुषाधाम नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी यादवका आफन्तहरु संजय यादव, कृष्णा यादव, विजय यादव, धनेश यादवलगायका समूहले घरमै पसेर कुटपीट गरेको घाइते श्रीचन महराले बताए ।

जग्गा विवादको विषयलाई निहुँ बनाएर यादव समूहले पटक–पटक आफूहरुमाथी आक्रमण गर्ने गरेको महराले बताए । सामाजिक झैँ–झगडाको विषयमा विवाद हुँदा एमाले नेता यादवका आफन्तहरुले उनीहरुलाई कुटपीट गरेको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।

प्रहरीको टोली घटनास्थल पुग्दा कुटपीट गर्नेहरु भागिसकेको उनले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गरिने प्रहरी निरीक्षक ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१