Siraha Times
ताजा समाचार

कतार फिफा अरब विश्वकप २०२१का लागि टिकट बिक्री सुरु

  • साउन २०, २०७८
  • ७७३ पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा - कतार फिफा अरब विश्वकप २०२१का लागि टिकट बिक्री सुरु भएको छ।

विश्वकप सुरु हुन ठिक ठिक एक वर्ष बाकी हुदा अरब कप यसै वर्षको नोभेम्बर र डिसेम्बर महिनामा कतारले आयोजना गर्दैछ प्रतियोगितामा आयोज टिम कतार सहित १६ देशले सहभागीता जनाउने छन।नोभेम्बर १६ मा हुने उद्घाटन खेलमा अल बायत रंगशाला कतारले बहराइनसङ्गको सामना गर्ने छ।सोही रंगशालामा कतारको राष्ट्रिय दिवसको अवसरमा प्रतियोगिता समापन हुनेछ।

२०२२ विश्वकपका लागि निर्माण हुने आठ रंगशाला मध्ये प्रतियोगिता अल बयात अल थुमामा, बिन अलि, एजुकेसन सिटि, रस अबु अबौद र अल जनैब रंगशाला गरि जम्मा ६ वटा रंगशालामा खेलहरु संचालन हुनेछ।


टिकट कसरी लिने

प्रतियोगिताको लागि पहिलो चरणको टिकट अगस्ट ३ देखि १७ तारिम्सम्मको लागि खुल्ला गरिएको छ।तस्तै दोस्रो चरणको टिकट बिक्रीको लागि सेप्टेम्बर २८ देखि अक्टोबर १२ सम्मका लागि खुल्ला हुने छ।अन्तिम चरणको टिकट विक्री नोभेम्बर २ देखि प्रतियोगिताको अन्तिम सम्म खुल्ला रहने छ।
भिसा कार्ड प्रयोगकर्ताले टिकट लिन फिफाको वेबसाईटबाट  खरिद गर्न सक्ने छ।

टिकटको मुल्य २५ कतरी रियाल देखि २४५ कतरी रियाल बिव्ह रहने फिफाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१