पर्सा - भारतको सीमासंग जोडिएको पर्साको झौवागुठ्ठी गाउँ भएर कपडाको तस्करी बढेको छ । भारतबाट तस्करी गरी ल्याईएको कपडमा मन्गय मुनाफा हुने भएकोले स्थानीय प्रहरी प्रशासनकै संरक्षणमा कपडा तस्करी बढेको हो ।
नेपालभन्दा भारतमा कपडा सस्तो पर्ने भएकोले तस्करी मार्फत पर्साको विभिन्न ठाउँमा कपडा पु¥याउने गरेको खुलेको छ । भारतको प्रसिद्ध कपडा बजार रक्सौल, भेलाही र बेतियाबाट समेत ठुलो परिमाणमा कपडा खरिद गरी पर्साको झौवागुठ्ठी र अमरपट्टी गाउँ भएर तस्करीको माध्यमबाट नेपाल प्रवेश गर्ने गरेको पाईएको छ । यी सिमानाकाबाट तस्करी भएर आएको कपडा पर्साको बिन्दवासिनी, प्रसौनी भाठ्ठा, पोखरीया, बिश्रामपुर, डोकैला बहुअरी लगायतको ग्रामिण ठाउँमा संचालित कपडा पसलहरुमा जाने गरेको स्रोतले जनाएको छ ।
दिउँसो केही काम कपडा तस्करी भए पनि राती र बिहान ३, ४ बजेको समयमा झौवागुठ्ठी र अमरपट्टीबाट व्यापत कपडा तस्करी बढेको स्थानीयले पनि बताएका छन् । दिउसो राती रातीमा खट्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी अधिकारीले नै तस्करलाई संरक्षण गरी कपडा निर्यात गर्नमा सघाउने गरेकोले सो क्षेत्रबाट कपडा तस्करी गर्ने तस्कर कपडाको कारोबार गर्न उम्किएका छन् । स्रोतले दाबी गरे अनुसार प्रहरी चौकी अमरपट्टीका प्रहरी इन्चार्ज असई आदर्श खतिव्डाले नै तस्करहरुसंग पैसा खाई तस्करीको लाईन दिने गरेको बुझिएको छ ।
पर्साको बिन्दवासिनी, बिश्रामपुर, डोकैला बहुअरी, पोखरीया, लगायतका ठाउँमा संचालित कपडा पसललेहरुले सोही ठाउँ भएर भारतबाट खरिद गरेको कपडा तस्करी गरी ल्याई बिक्रि वितरण गर्दै गरेको स्रोतको दाबी छ । हाललाई कपडा तस्करीले व्यापकता पाए पनि पछिल्लो समय झौवागुठ्ठी र अमरपट्टी भएर भारतीय कुखुराको चल्ला पनि व्यापक तस्करी भएको बर्वा, बिन्दवासिनी लगायतको क्षेत्रमा सशस्त्र प्रहरीले बरामद गरेको कुखुराको चल्लाबाट प्रमाणित हुन्छ कि खुल्ला ठाउँको फाईदा उठाउँदै अमरपट्टी चौकीका इन्चार्जले आर्थिक चलखेलमा तस्करी गराईरहेका छन् ।
तस्करीको लाईन दिनेमा नेपाल प्रहरीका असई मात्रै नभई सशस्त्र प्रहरीका इन्चार्जको पनि मिलेमतो भएको बुझिएको छ । तर तस्करहरुको कपडा अमरपट्टी र झौवागुठ्ठीबाट नेपाल भित्रियाउनमा मुख्य योजनाकार अमरपट्टी चौकीका इन्जार्च असई खतिवडा नै रहेको स्रोतको दाबी छ । यता, अमरपट्टी चौकीका असई आदर्श खतिवडाले आफ्नो नाम आकाश खड्का रहेको बताउँदै सबै तस्करीको कारोबार बन्द गराएको दाबी गर्छन् । बन्द भएपनि सो नाकाबाट कसरी भित्रिदै छ तस्करीको कपडा भनेर प्रश्न गर्दा उनले ओहियात कुरा नगर्नुस् भन्दै फोन काटे ।
अपराधिक घटना चोरी, तस्करी लगायतमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डले कडा कदम चाली सीमा नाकाबाट हुने चोरी तस्करीमा नियन्त्रण गरे पनि ग्रामिण भेग र प्रहरी चौकीको इन्चार्जको फाईदा उठाउँदै असईले कपडाको तस्करीलाई खुल्ला गरेका छन् । यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले प्रहरीले चोरी, तस्करी जस्ता कार्यमा प्रहरीले कडाई गरेको बताउँदै आफू सम्बन्धीत प्रहरी युनिटसंग यसबारे बुझ्न लागेको बताए ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic