Siraha Times
ताजा समाचार

अप्पन बेल्ही युवा क्लब कार्यालयको समुदघाटन समारोह कार्यक्रम सम्पन्न

  • साउन १९, २०७८
  • ८६६ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार लहान साउन१९ -  सप्तरीको बलानबिहुल गाउँपालिका वडा न. -४ मा रहेको अप्पन बेल्ही युवा क्लबले सोमबार कार्यालयको समुदधाटन समारोह कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको सभा-अध्यक्षता बलान बिहूल गाउँपालिका वडा न ४ वडा अध्यक्ष मो. हँशु गरेका थिए। प्रमुख अतिथि बलान बिहूल गाउँपालिका अध्यक्ष दयानन्द गोईत , विशिष्ट अथिति बलान बिहूल गाउँपालिकाका कार्यकारी प्रमुख प्रशासकीय अधिकृत डॉ. नसीम राइन, कृषि अधिकृत मुश्हरु साह, प्रभावसाली युवा नेता खेमचन्द्र यादव , साना किसान सहकारी संस्था रामनगरका अध्यक्ष रामचन्द्र यादव त्यसैगरी अथितिहरुमा पवन शर्मा , पत्रकार राशिन्द्र यादव , राम शंकर भंडारी बुद्धिजीवी श्रीदेव यादव , उमेश यादव , राम बिलास मण्डल लगायतका उपस्थिती देखिएको थियोे ।

ती सम्पूर्ण आगन्तुकलाई अप्पन बेल्ही युवा क्लबको तर्फबाट हार्दिक स्वागत गरेका थिए। बिभिन्न बाधा अडचन, आरोह अबरोधको परिस्थिति सँगको संघर्षले अप्पन बेल्ही युवा क्लब सप्तरी दैनिक रुपमा कार्यालय सञ्चालन हेतु आगामी दिनहरुमा अरुको निकस निःस्वार्थ भावनाले सामाजिक कार्यक्रमको यात्रा निरन्तर अगाडी बढदै जानेछ । हिजो सप्तरी जिल्लाको बलान बिहूल गाउँपालिका वडा नं. – ४, बेल्हीमा केन्द्रीय कार्यालय स्थापना २०७८-०४-१८ गते सोमबारका दिन अप्पन बेल्ही युवा क्लब केंद्रीय कार्यालयको सम-उद्घाटन समारोह कार्यक्रम ऐतिहासिक दिनको स-ुअवसरमा उपस्थित होनिहार सम्पूर्ण युवा, बलान बिहूल गाउँपालिकाको बिभिन्न वडा बाट आमन्त्रित अथिति, ग्रामबासि, शिक्षक, विद्यार्थी, महिला, बुद्धिजीवी, पत्रकार, प्रहरी-प्रशाशन, राजनीतीकर्ता, चिकित्सक, किसान, बिभिन्न पेशामा आवद्ध पेशाकर्मी, ब्यापारी, लगायत भौतिक रूपले उपस्थित देखिएको थियोे ।

क्लबले समाजमा विकृति , विसंगती अन्तय गर्ने लक्ष्य लिएका क्लबका अध्यक्ष रोशन कुमार यादवले बोलेका थिए। यस्ले समाज परिवर्तनमा नयाँ कुल्टो फेरिने उपस्थित वक्ताहरुले भनेका थियोे । बिभिन्न ठाउँबाट उपस्थिति जनाएर कार्यक्रममा युवाहरुको मनोवल , उत्साह बढाएकाले साथै सहयोग गर्नुहुने सम्पूर्णमा अप्पन बेल्ही युवा क्लब सधैं यादगार रहने क्लबका कोषाध्यक्ष कुमर कान्त झाले बताए ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१