Siraha Times
ताजा समाचार

प्रदेश : २ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि साहद्वारा ब्यवसायीहरुलाई दुध दुहुने औजार (मेसिन) हस्तान्तरण

  • साउन १८, २०७८
  • ८९९ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम । किसानलाई दूध उत्पादनमा औजारीकरण र व्यवसायीकरण गर्न दूध दुहुने मेसिन र घाँस काट्ने मेसिन वितरण गरिएको छ ।

बागमती नगरपालिका वडा न.३ सर्लाही, सहित बारा जिल्लाका निजगढ नगरपालिका वडा न.६ लाई यहाँका जना दुग्ध उत्पादक सहकारी संस्था लि. लाई उक्त औजार वितरण गरेको हो । सर्लाही र बाराका ब्यवसायीक पशुपालक किसानहरुलाई प्रदेश सरकारले ५०% को अनुदानमा दुग्ध दुहने मेसिन उपलब्ध भयो ।

किसानहरुलाई वितरण गरिएको दूध दुहुने मेसिनले किसानलाई धेरै सहजता दिलाउने बारा जिल्लाका भेटनरीका प्रमुख शंकर साहले बताए । किसानका सबै माग र आवश्यकतालाई आफूहरुले नीति तथा कार्यक्रममा पारेर पारित गरेर लैजाने उनको भनाइ छ । कृषिको विकासबाट पनि नै कृषि ब्यवसायी फर्मले विकास र समृद्धिलाई हासिल गर्न मदत पुग्ने भन्दै उनले आफूहरु किसान र ब्यवसायी फर्मलाई सहकार्य र हातेमालो गर्दै अघि बढ्ने बताए ।

प्रदेश न.२ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साहले भने 'कृषिमा आधुनीकिकरण, औजारीकरण र व्यवसायीकरण गरी किसानलाई दूध उत्पादनमा आकर्षित गराउने उद्देश्य सहित औजार वितरण गरिएको बताए' । कृषिमा व्यवसायीकरण गर्न मन्त्रि साहले लागिहरेको भन्दै उत्पादन लागत घटाउँदै किसानलाई कृषिमा आत्मनिर्भर बनाउनु प्रदेश न. २ को योजना रहेको बताए । कृषि कर्ममा लाग्ने किसानलाई व्यवसायीकरण गर्न कार्यविधि बनाएर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको साहको भनाइ छ ।

पहुँचको भरमा अनुदान खाने तर वास्तविक ब्लेयवसायीकले नपाउने अवस्था सृजना हुन नदिन कार्यविधिले महत्वपुर्ण भुमिका खेल्ने उनले बताए । बागदेब दुग्ध उत्पादक सहकारी संस्था लि. गाई पालन फार्म र बागमती पशुपन्छी तथा ब्यवसायिक संघ लाई आफूहरुले धेरै वर्ष पछि बल्ल राहतको अनुभूति गरेको बताए । ब्यवसायीहरुको आत्मबल विकाससँगै किसानलाई व्यवसायीकरणमा जोड दिनुपर्ने दायित्व प्रदेश २ सरकारले गर्ने समेत बताए । ब्यवसायीहरुलाई दुध दुहुने औजार (मेसिन) हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१