Siraha Times
ताजा समाचार

सिरहामा लागू औषध सहित एक जना पक्राउ

  • साउन १८, २०७८
  • ७६५ पटक पढिएको
  • रामएकवाल राम
alt

बिजय साह सिरहा-सिरहामा लागू औषध सहित प्रहरीले आईतवार राती १० बजे एक जनालाई पक्राउ गरेका छन।

ईलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाको संयुक्त प्रहरी टोलीले पुर्व पश्चिम लोक मार्ग अन्तरगत जिल्ला ट्राफिक कार्यलय लहानको अगाडि सवारी साधन चेक जाच गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को. २६ प. १८९ नम्बरको मोटरसाईकललाई चेक गर्दा मोटरसाईकल छाडि भाग्ने क्रममा मो.सा. मा सवार दुवै जना भागेपछी प्रहरी टोलीले लखेटदै गर्दा मोटरसाइकलमा पछाडी वस्ने जिल्लाका साविक गा.वि.स. नवराजपुर वडा न. ९ हाल गा.पा. नवराजपुर वडा नं. ५ घर भएको विजय यादव भाग्न सफल भएको हो।

सोही मोटरसाइकलको चालक जिल्लाका साविक गा.वि.स. नवराजपुर वडा न. ९ हाल गा.पा. नवराजपुर वडा नं. ५ वस्ने सत्य नारायण सिंहको छोरा बर्ष अन्दाजी २६ को प्रभु नारायण सिंह राजपुतलाई घेरा हाली नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय लहानले जनाएका छन पछाडी बोकेको कालो झोला खानतलासी गर्दा झोला भित्र नाईट्राभेट १० लेखिएको १५८ पत्तामा ४,७४० वटा ट्याबलेट, डाईजेपाम लेखिएको १९४ एम्पुल, फेनारगन लेखिएको १९४ एम्पुल, नाम लेवल नभएको १९४ एम्पुल, डाईलेक्स डि.सी(१०० ML) लेखिएको ७ बोतल, नगद रू ५,०००।- , सिम नं. ९८२७७५८४९५ प्रयोग भएको OPPO कम्पनिको मोबाईल थान -१, NOOPHIN लेखिएको सानो एस्टिकर १४४ वटा बरामद गरेको हो।

पक्राउ परेका सिंह र उनी सवार मोटरसाइकल लाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको फरार यादवको खोजतलास समेत भईरहेको  लहान प्रहरी प्रमुख डिएसपी  तपन दाहालले  बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१