रौतहटको माधवनारायण नपा मावि विष्णुपूर्वामा झडप, १९ घाइते

  • साउन १८, २०७८
  • ८८७ पटक पढिएको
  • रामएकवाल राम
alt

रौतहट । रौतहट जिल्लाको माधवनारायण नगरपालिका ४ स्थित विसुनपूर्वामा दुई समूहबीच विद्यार्थी भर्नाको विषयमा झड भएको छ ।दुई पक्षवीच लाठी हानाहान हुँदा १९ जना घाइते भएका छन्।

स्थानीय श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई विद्यालय पक्ष र भर्ना गराउन आएका अभिभावक पक्षबीच आइतबार दिउँसो विवाद हुँदा भएको झडपमा १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्य पक्षका ८ र अभिभावक पक्षका ११ जना घाइते भएका हुन्।घाइतेमध्ये एक जनालाई काठमाडौं रिफर गरिएको छ भने दुई जनाको वीरगञ्जस्थित तराई हस्पिटलमा उपचार भइरहेको छ। बाँकी घाइतेहरूको अवस्था समान्य रहेको गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मृत्यु भएपछि नयाँ समिति चयन गर्नुअघि विद्यार्थी भर्ना गर्न पुगेका अभिभावक रामकलेश्वर मुखिया र प्रधानाध्यपक राजेश राय यादवबीच विवाद भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१