ताजा समाचार

गैरआवासीय नेपाली संघ,नर्वेको नेतृत्वमा शाही

  • साउन १८, २०७८
  • ९४० पटक पढिएको
  • रामएकवाल राम
alt

ओस्लो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) नर्वेको अध्यक्षमा जीवनबहादुर शाही निर्वाचित भएका छन् शाहीले प्रतिद्वन्द्वी पवित्र बस्नेतलाई १०८ मतले पराजित गरेका हुन्।

शाहीले २९३ मत पाउँदा बस्नेतले १८५ मत ल्याए ।यस्तै सचिवमा विजयी काफ्ले निर्वाचित भएका छन् । काफ्लेले प्रतिद्वन्द्वी अशिम लम्साललाई ४ भोटले हराउँदै विजयी बने।

नर्वेमा अध्यक्ष र सचिवबाहेक सबै पदाधिकारी यसअघि नै निर्विरोध चुनिएका थिए । समितिको उपाध्यक्षमा नवराज अधिकारी, अन्जन बास्तोला र दिपेन विष्ट रहेका छन् । यस्तै महासचिवमा विष्णु गौतम रहेका छन् ।

यसैगरी विक्रम बस्नेत युवा संयोजक र प्रवीणा मुनाकर्मी महिला संयोजकमा निर्विरोध चुनिएका छन्।निर्वाचित सदस्यमा पूर्णचन्द्र भुसाल, उमेश गुप्ता, सालीग्राम ढुंगाना रहेका छन्।

यस्तै आइसीसी सदस्यमा राजु आर्याल पनि निर्विरोध निर्वाचित भएका छन्।

 

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤