गैरआवासीय नेपाली संघ,नर्वेको नेतृत्वमा शाही

  • साउन १८, २०७८
  • ७९० पटक पढिएको
  • रामएकवाल राम
alt

ओस्लो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) नर्वेको अध्यक्षमा जीवनबहादुर शाही निर्वाचित भएका छन् शाहीले प्रतिद्वन्द्वी पवित्र बस्नेतलाई १०८ मतले पराजित गरेका हुन्।

शाहीले २९३ मत पाउँदा बस्नेतले १८५ मत ल्याए ।यस्तै सचिवमा विजयी काफ्ले निर्वाचित भएका छन् । काफ्लेले प्रतिद्वन्द्वी अशिम लम्साललाई ४ भोटले हराउँदै विजयी बने।

नर्वेमा अध्यक्ष र सचिवबाहेक सबै पदाधिकारी यसअघि नै निर्विरोध चुनिएका थिए । समितिको उपाध्यक्षमा नवराज अधिकारी, अन्जन बास्तोला र दिपेन विष्ट रहेका छन् । यस्तै महासचिवमा विष्णु गौतम रहेका छन् ।

यसैगरी विक्रम बस्नेत युवा संयोजक र प्रवीणा मुनाकर्मी महिला संयोजकमा निर्विरोध चुनिएका छन्।निर्वाचित सदस्यमा पूर्णचन्द्र भुसाल, उमेश गुप्ता, सालीग्राम ढुंगाना रहेका छन्।

यस्तै आइसीसी सदस्यमा राजु आर्याल पनि निर्विरोध निर्वाचित भएका छन्।

 

प्रतिक्रिया दिनुहोस

परोपकार हेल्थ केयर स ...

ओम प्रकाश यादव लहान मंसिर २७ । सिरहा जिल्लाको लहान नगरपालिका वडा न. १२, भोटियाटोलस्थित चौकमा सञ्चालन ...

कर्जन्हामा दनुवार सम ...

जितेन्द्र सिंह दनुवार सिरहा मंसिर २७ । हालै सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा न.१, वल्टीया निवास ...

सिरहाका मालपोत प्रमु ...

रहमुल लहान २५ मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइराल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१