लहान, १७ साउन । कोरोना भाइरस संक्रमणविरुद्धको खोपमा लापरवाही बढेको छ । लहान ७ स्थित शुक्रवार संचालन गरिएको खोप कार्यक्रममा गिरिराज शर्माको नाममा अर्केले खोप लगाएपछि चासोको विषय बनेको छ ।

२०२८ माघ २८ गते जन्म मिति रहेको गिरिराज शर्माको नामममा ४६ बर्ष उमेरका एक व्यक्तिलाई खोप लगाएको खुलासा भएको छ । गिरिराज शर्माले ‘मेरो नाममा कसरी अरुले खोप लगायो ।’ ‘यहाँ त खोप विक्री समेत भइरहेकोले मेरो नामको खोप अरुले लगाएको हुनु पर्छ ।’ लहान नगरपालिकाका स्वास्थ्य अधिकृत रामसुन्दर यादवले यसवारे मलाई केही थाहा भएन ।

लहान ७ स्थित खोपको जिम्मा हेपो इन्चार्ज रामानन्द चौधरीलाई दिएको थियो । उनीहरुले नै यस्तो लापरवाही गरेको हुनुपर्छ । यसवारे खोजतलास जारी छ । दोषीलाई कारवाही हुनुपर्छ । अधिकृत यादवले भने ‘अहिले ५० बर्षमाथी उमेर समूह, सरसफाईकर्मी र स्वास्थ्यकर्मी समूहको लागि खोप लगाउँने कार्यक्रम रहेको छ । तर, अरुकै नाममा यसरी खोप लगायो भने पक्का आर्थिक चलखेल भएको हुनुपर्छ ।’ ‘की त मलाई फसाउँने षड्यन्त्रण भइरहेको हुनुपर्छ ।

’ उनले बताए । गिरीराज शर्माको नाममा लगाएको खोप कार्ड नम्बर ८२ रहेको छ भने रन्जना साहले हस्ताक्षर गरिएको छ । जेनसेन खोप लगाइएको हो । लहानमा खोप कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर भारतीय नागरिक र समूह बाहिरका व्यक्तिलाई खोप बेच्ने गरेको आरोप छ । यो भन्दा अगाडि पनि लहानमा खोप विक्री भएको थियो ।