ताजा समाचार

मधेसको बिकासमा हुलाकी राजमार्गको भुमिका

  • साउन १४, २०७८
  • ११६३ पटक पढिएको
  • रामएकवाल राम
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर - गेडुवजोत नेपालको सबैभन्दा पुरानो राजमार्ग हुलाकी राजमार्ग मधेसको आर्थिक, सामाजिक बिकासको मेरुदण्ड हो। सन १९३० मा पद्मशमसेर जङबहादुर राणाले सुरु गरेको हुलाकी राजमार्ग सन २०२१ झण्डै ९१ बर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न भएको छैन।

बरु हुलाकी राजमार्गलाई ओझेलमा राखेर महेन्द्र राजमार्ग बि.स. २०१९ बैशाख १ गते उदघाटन गरीएको थियो। तीव्र गतिमा निर्माण गरिएको महेन्द्र राजमार्गले मधेसका पुराना शहरहरुको बिकासक्रम रोक्दै नयाँ शहर बसाल्ने उद्देश परिपुर्ति का लागि निर्माण गरिएको यो राजमार्ग आज देशको आर्थिक स्थिती खस्किनु को मुल कारक तत्व हो। नयाँ राजमार्ग निर्माण गर्नु अनुचित हैन तर अत्यन्त आवश्यक रहेको हुलाकी राजमार्गलाई थाती राख्दै नयाँ राजमार्ग निर्माण गर्नुमा बैमनस्यता र भेदभाव झल्केको सहजै अनुमान लगाउन सकिन्छ।

महेन्द्र राजमार्ग को निर्माण सङै मधेसको हौसला धराशायी भए सङै देशको मेरुदण्ड मानिने कृषि क्षेत्रमा क्रमशः ह्रास हुँदै गयो। यस राजमार्गले मधेसको बिकासक्रमलाइ स्थिर तथा सँकुचित बनाइदिए। धेरै पछि आएर भारतका प्रधानमन्त्री चन्द्रशेखर बाट बिक्रम सम्बत २०४७ सालमा हुलाकी राजमार्गको निर्माण गर्ने बाचा गरेका थिए। तर त्यसको १४ बर्ष पछि मात्र बिक्रम सम्बत २०६१ सालमा कागजी प्रकृया सम्पन्न गरियो। नेपालको पूर्व पश्चिम हुँदै तराईका वस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको हुलाकी मार्ग आयोजनाले पूर्वमा झापा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने छ ।

यस आयोजनाको अन्त्यमा कूल १६६३ कि.मि. कालोपत्रे सडक र १२५ वटा पूलहरूको निर्माण हुने रहेको छ। यस राजमार्गले मधेसका २० जिल्ला क्रमशः भद्रपुर, बिराटनगर, सुन्सरी, राजबिराज, सिरहा, जनकपुर, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाके, बर्दिया, कैलाली र कंचनपुर लाई जोडेको छ। साथै यसै राजमार्ग को छेउमा केही महत्वपूर्ण पालिका को स्तित्व बिकास भएको छ क्रमशः झापाको गौरीगंज, मोरङको रंगेली, बाराको महागढीमाई, सर्लाहीको ईश्वरपुर, सप्तरीको सम्भुनाथ, महोत्तरीको वलवा र सरपल्लो, बर्दियाको राजापुर, नवलपरासीको बर्दघाट, कंचनपुरको बेलौरी, कैलालीको भजनी त्रिशक्ति ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤