Siraha Times
ताजा समाचार

कांग्रेसले कोरोना खोपमा धाधली गरेको भन्दै, विराटनगरका मेयर पराजुलीविरूद्ध प्रदर्शन

  • साउन १४, २०७८
  • ७७४ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं ।विराटनगर महानगरका प्रमुख भीम पराजुलीले मध्यरातमा कार्यकर्तालाई घरैमा लगेर खोप लगाइदिएको विरोधमा विराटनगरमा बिहीबार प्रदर्शन भएको छ।

कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक हक भएको बताउँदै सर्वसाधारणले महानगर कार्यालय परिसरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले मेयर भीम पराजुलीले महानगरबासीविरुद्ध विभेदपूर्ण काम गरेको भन्दै विरोध जनाएका छन्।

बुधबार राति कोरोनाविरूद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट लखेटिएका थिए।  स्थानीयको विरोधपछि मेयर पराजुली दौडँदै कांग्रेस नगर उपसभापति प्रवीण जोशीको गाडी चढेर भागेको स्थानीयले बताएका छन्। उनीसँग काङ्ग्रेस नगरका कार्यबाहक सभापति अरुण न्यौपाने पनि थिए। भन्सार एजेन्टसमेत रहेका जोशीको गाडीमा उनी भाग्दा स्थानीयले ढुङ्गा प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१