ताजा समाचार

शिल्पाका पति राज कुन्द्रालाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • साउन १२, २०७८
  • ६६८ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं ।अभिनेत्री शिल्पा सेट्ठीका पति राज कुन्द्रालाई मुम्बईको अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।गत सोमबार पक्राउ परेका राज कुन्द्रालाई प्रहरी हिरासतमा राखिएको थियो ।

उनका साथै पक्राउ परेका अर्का एक व्यक्ति रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ ।राज कुन्द्रामाथि मुम्बई प्रहरीले पोर्नोग्राफिक फिल्म बनाउने र त्यसलाई एपको माध्यमबाट मानिसहरुमा पुर्‍याउने गरेको आरोपमा पक्राउ गरेको थियो ।

मुम्बई प्रहरीका अनुसार गत फेब्रुअरीमा प्रहरीमा एक उजुरी दर्ता भएको थियो । सोही उजुरीको अनुसन्धानको क्रममा राज कुन्द्रा पक्राउ परेका हुन् ।

प्रहरीले यो मामिलामा राज कुन्द्रा सामेल रहेको पर्याप्त प्रमाण भएको दाबी गरेको छ । राज कुन्द्राले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤