Siraha Times
ताजा समाचार

सिरहाको खैरटोका भन्सार नजिक पोखरीको घाट निर्माणमा व्यापक अनियमितता २ नम्बर इँटा प्रयोग

  • साउन ८, २०७८
  • ८८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा नगरपालिका १७ स्थित खैरटोकामा पोखरीमा घाट निर्माण भएको २ साता नबित्दै चिरा पर्न थालेको छ ।नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा निर्माण भएको घाट २ साता पनि नबित्दै भत्किन लागेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा उक्त पोखरीमा उपभोक्ता समिति मार्फत् ६५ मिटर लम्बाइको घाट निर्माणको काम गराएको थियो । महिना पनि नलाग्दै घाट भत्किन थालेपछि स्थानीयले कमसल काम भएकै कारण घाटमा चिरा पर्न थालेको आरोप लगाएका छन् । निर्माणका क्रममा २ नम्बर इँटा प्रयोग भइरहेको र कमसल सामाग्री प्रयोग भइरहेको भन्दै स्थानीयले विरोध जनाएपनि सरोकारबाला निकाय सुनेनन् ।

‘कमसल काम भइरहेको देखेर हामीले विरोध गर्यौं,’ स्थानीय नागमनी यादवले भने, ‘वडाध्यक्षले इँटा भट्टाले २ नम्बर इँटा पठाइदिएको र यो फिर्ता हुने बताएपनि त्यहि इँटा प्रयोग भयो ।’ स्थानीयहरुको विरोधका बाबजुद कमसल काम भएको उनले आरोप लगाए । घाट निर्माणको नाममा व्यापक अनियमितता भएको आरोप स्थानीयहरुको छ । तर, वडाध्यक्ष महेन्द्र यादव इस्टिमेट अनुसारकै काम भएको दावी गर्छन् । उनले सन्तोषजनक काम भएको र अनियमितता नभएको दावी गरे ।

यता, उपभोक्ता समितिका अध्यक्ष कपिलदेव यादव अवकाश प्राप्त शिक्षक हुन् । सरकारी सेवा सुविधा पाइरहेका व्यक्ति उपभोक्ता समितिमा बस्न नपाइने प्रावधान छ । तर, मापदण्ड विपरीत यादवलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको थियो । यस विषयमा सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले आफूलाई त्यति जानकारी नरहेको र यस विषयमा गएर बुझ्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१