Siraha Times
ताजा समाचार

दुबईमा क्लाउड सिडिङ प्रविधिमार्फत गराइयो कृतिम वर्षा

  • साउन ७, २०७८
  • १५९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दुबई । तापक्रम ५० डिग्री पुगेर अत्याधिक गर्मी बढेपछी दुबई शहरमा कृतिम वर्षा गराइएको छ । युएईको मौसम विभागले आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराएको हो । भिडियोमा देखिएअनुसार झरना जसरी पानी जमिनमा झरिरहेको छ । युएईबाहेक अमेरिका, क्यानडा, चीन, बेलायतलगायत धेरै देशमा अहिले तापक्रम ४५ देखि ५० डिग्रीको आसपास छ ।

 

युएईमा गर्मीका कारण बाहिर काम गर्ने मानिसहरुको अवस्था बेहाल छ । यसबाट बच्नका लागि दुबईले कृतिम वर्षाको नयाँ उपाय निकालेको हो । यसबर्ष यहाँको तापक्रम ५० डिग्रीसम्म रेकर्ड गरिएको छ । मौसम विभागका अनुसार युएईले ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्ज गर्ने काम गरेको छ । त्यस चार्जपछि बादल वर्षिएको हो । यस प्रविधिमार्फत बिजुलीले बादलहरूलाई जोडसँग झट्का दिन्छ । जसबाट बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ ।

युएईस्थित रिडिङ विश्वविद्यालयका विज्ञहरु यस तरिकाको वर्षा गराउने काममा सक्रिय छन् । मौसम विभागकाअनुसार क्लाउड सिडिङ नामक प्रविधिमार्फत यी सबै कामहरु भइरहेका छन् र यस प्रविधिको लक्ष्य वर्षेनी वर्षातको दर बढाउने हो । गत बर्ष पनि युएईले यही प्रविधिमार्फत कृतिम वर्षा गराएको थियो ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१