ताजा समाचार

बीरगंज भन्सारको आर्थिक बर्ष २०७७/२०७८ लक्ष्यमा कमी

  • साउन ५, २०७८
  • ८७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बीरगंज ५ श्रावण बीरगंज भन्सार कार्यालयले गत आर्थिक बर्ष २०७७/२०७८ को एक बर्षमा लक्ष्य भन्दा कम राजश्व असुली गरेको छ । भन्सार कार्यालयले गत आर्थिक बर्षको एक बर्षमा सरकारले दिएको लक्ष्य भन्दा ७१ करोड ४ लाख ४४ हजार कम राजश्व असुली गरेको हो । नेपाल सरकारले गत आर्थिक बर्ष २०७७/२०७८ को एक बर्षमा १ खर्व ७० अर्व ७६ करोड ५१ लख ४५ हजार लक्ष्य दिएकोमा बीरगंज भन्सार कार्यालयले १ खर्व ७० अर्व ५ करोड ४७ लाख १ हजार रुपैया मात्र राजश्व असुली गरेको छ । त्यसैगरी सरकारले बीरगंज भन्सार कार्यालयलाई भन्सार महसुल तर्फ ६५ अर्व ३४ करोड ९९ लाख ९० हजार राजश्व असुली गर्न लक्ष्य दिएकोमा ६४ अर्व ८२ करोड ७९ लाख ३ हजार ४ सय ४७ रुपैया मात्र असुली गरेको छ भने त्यसैगरी मुल्य अभिबृद्धी कर तर्फ ७१ अर्व १६ करोड ८९ लाख ६६ हजार राजश्व असुलीको लक्ष्य दिएकोमा ६१ अर्व ६० करोड ५० लाख १२ हजार १ सय ८४ रुपैया मात्र असुली गरेको छ भने त्यसैगरी अन्तशुल्क तर्फ २२ अर्व ४७ करोड ४८ लाख ८८ हजार ?पैया राजश्व असुलीको लक्ष्य दिएकोमा १८ अर्व ८५ करोड ४० लाख ७८ हजार ३ सय १२ रुपैया मात्र राजश्व असुली गरेको बीरगंज भन्सारका सुचना अधिकारी सुमित गुप्ताले बताएकाछन । त्यसैगरी बीरगंज भन्सार कार्यालयले पुर्वाधारकर तर्फ १० अर्व ३८ करोड २२ लाख ७१ ह्जार ?पैया असुली गरेको छ भने कृषी सुधार शुल्क कर तर्फ ११ अर्व ३९ करोड २४ लाख ४ हजार राजश्व असुली गरेको छ भने भन्सार निर्यात तर्फ ६ करोड ६६ लाख ७१ ह्जार ?पैया राजश्व असुली गरेको छ भने अन्य शिर्षकबाट १८ करोड २६ लाख २३ हजार ?पैया भन्सार राजश्व असुली गरेको छ । त्यसैगरी बीरगंज भन्सार कार्यालयले सब भन्दा बढी भन्सार राजश्व पेटोलियम पदार्थ, ठूला तथा साना सवारी साधन बस ट्रकका चेचिस, हवाई ईन्धन लगायतका सामानह?बाट सब भन्दा भन्सार राजश्व असुली गरेको सुचना अधिकारी गुप्ताले जनाएकाछन । बीरगंज भन्सार कार्यालयले गत आर्थिक बर्ष २०७७/२०७८ को एक बर्षमा ९९ प्वाईन्ट ६ प्रतिशत मात्र राजश्व असुली गर्न सफल भएको गुप्ता बताउछन

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤