Siraha Times
ताजा समाचार

स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिष्ठाको सहयोगमा २५ घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण

  • साउन ५, २०७८
  • ११४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान,श्रावण ५ मंगलबार एपलो ॐ माध्यमिक विद्यालयका फाउन्डर तथा सामाजिक अभियन्ता महेश चौधरी आज आफ्नै निज निवास लहान -७ मा २५ जना महिलाहरुलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो । स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिष्ठान लहान ७ को सहयोगमा लहान नगरपालिका वडा नम्बर १ , ३ र ४ का २५ जना मरिक घर परिवारलाई १० किलो चामल , १ किलो नुन,१ किलो खाने तेल , र १ पिस साडी वितरण गरेका हुन। अभियन्ता चौधरी आफ्ना स्वर्गीय श्रीमती संगिता कर्माचार्यको सम्झना र ४५ औं दिनको पुण्यतिथिलाई अवसर पारी खाद्यान्न वितरण कार्यक्रम गरेका हुन। अभियन्ता महेश चौधरी समाजमा आफ्ना छुट्टै पहिचान बनाएको देखिन्छ । वहाँले गरिदै आएका कामहरु र सहयोगको भावनालाई चौतर्फी प्रशंसा समेत भइरहेको छ। खाद्यान्न सामाग्री वितरण र सामाजमा सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको र दिने प्रतिवद्धता दिदै कार्यक्रम सम्पन्न गरेका छन।

Open Photo

Open Photo

 

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१