ताजा समाचार

प्रधामन्त्रीद्वारा खोप केन्द्रको अनुगमन सबैलाई खोप दिने प्रतिबद्धता

  • साउन ४, २०७८
  • ६६६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा खोप केन्द्रको अनुगमनमा निस्किनुभएको छ ।

सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप दिने रहेको बताउँदै आउनुभएका उहाँले आज काठमाडौँका विभिन्न खोप केन्द्रहरुमा पुगी अनुगमन तथा निर्देशन दिनुभएको हो ।

सोमबार नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेपछि देउवाले आफ्नो सरकारको प्राथमिकता सबैलाई कोरोनाको खोप भएको बताउनुभयो । देउवाले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको उल्लेख गर्नुभयो ।

जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर देउवाले आजबाट जोनसन एण्ड जोनसनको खोप शुभारम्भ गर्नुभएको हो। सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤