कतार फुटबलको सहयोगमा नेपाली महिला फुटबलर सावित्राको सफल सल्यक्रिया

  • साउन १, २०७८
  • ५६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कीर्तिमानी स्ट्राइकर सावित्रा भण्डारीको दायाँ घुँडाको सफल शल्यक्रिया भएको छ। नेपाली फुटबलमा शाम्बाको उपनामले चिनिने उनी उपचारका लागि कतारस्थित दोहाको अस्पेटार अस्पतालमा भर्ना भएकी थिइन। अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार उनको बिहीबार सफल सल्यक्रिया भएको हो। 

उनको दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) र मिनिस्कसको शल्यक्रिया भएको थियो। सावित्राको झन्डै ४५ मिनेट शल्यक्रिया भएको थियो। सशस्त्र प्रहरी बल (एपीएफ) कि स्टार खेलाडी सावित्रा १२ असारमा उपचारको लागि कतार प्रस्थान गरेकी थिइन। चोट लागेको झन्डै पाँच महिनापछि उनको शल्यक्रिया भएको हो। उनको उपचारको लागि कतार फुटबलले सहयोग गरेको हो। सावित्रा गतवर्ष ३ फागुनमा भएको राष्ट्रिय महिला लिग खेल्ने क्रममा नेपाल पुलिस क्लबविरूद्धको खेलमा घाइते भएकी थिइन।

प्रतिक्रिया दिनुहोस

सहिद आमाको संघर्ष र ...

ओम प्रकाश यादव लहान, पुस १२। उहाँलाई पहिलो नजरमै देख्दा खुसमन्द, सरल र कोमल मन भएकी महिला जस्तो लाग् ...

मधेश प्रदेश सभामुख ...

ओम प्रकाश यादव लहान, पुष ११ । मधेश प्रदेश सभाको गरिमामय सभामुख पदमा नवनियुक्त माननीय राम अशिष यादवले ...

पुस १५ गतेलाई राष्ट् ...

काठमाडौं । सरकारले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१