Siraha Times
ताजा समाचार

भारतीयलाई नागरिकता बनाउने सिफारीस गरेको आरोपमा गैंडाकोट -६ का वडाध्यक्षसहित ८ जना पक्राउ

  • असार २९, २०७८
  • ८३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कावासोती । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारीस गरेको आरोपमा गैँडाकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा सहित भारत विहार मोतिहारी जिल्ला पुर्वी चम्पारण मलेवा १ घर भै गैँडाकोट ४ बस्ने ३३ वर्षीय जमिर मिया देवान, नक्कली बाबु बनेका गैंडाकोट ६ का ५२ वर्षीय सफी अल्ला मियाँ, वडा सदस्य पवित्रा अधिकारी र अन्य चार जना साक्षीहरुमा वर्ष ३५ का निर्मला विक, तिर्थ विक, घनश्याम पन्थी, शेरबहादुर विकलाई प्रहरीले हिरासतमा लिई अनुसन्धान गरिरहेको छ । नक्कली बुवा बनेका सफी अल्ला मियाँले विदेशी नागरीक जमिर मियालाई जेठी श्रीमतिको छोरो हो भनि झुटा विवरण पेश गरि नेपाली नगारिकताको प्रमाण पत्र लिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताउनु भयो ।

गत वर्ष २०७७ चैत्र १ गते गैंडाकोट नगरपालिका वडा नम्बर ६ का स्थानीय सफी अल्ला मियाँले भारतीय नागरिक जमिर देवानलाई आफ्नो छोरा भनि नागरिकताको प्रमाणपत्र प्राप्तको लागि दिएको निवेदन उपर आवश्यक छानबिन नगरी वडा अध्यक्षले आफ्नो अनुपस्थितीमा वडा सदस्य पवित्रा अधिकारीलाई अख्तियारी प्रदान गरेको अवस्थामा घटना घट्न पुगेको बताए । सिफारीसमा वडा सदस्य अधिकारीको हस्ताक्षर रहेको छ । यद्यपी त्यसमा संलग्न केहि कागजातमा भने लक्ष्मीप्रसाद सापकोटाको पनि हस्ताक्षर भेटिएकोले थप अनुसन्धानकका लागि भन्दै वडाध्यक्षलाई पनि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले बताएको छ । अहिले प्रहरीले भारतीय नागरिकलाई नागरिकता बनाउन बुबा बन्ने सफी अल्ला मियाँको समेत नागरिकता अनुसन्धान गरिरहेको छ । नागरिकता लिने र दिनेले आफ्नो गल्ती स्वीकार गरेपछि गत असार १५ गते नै जिल्ला प्रशासन कार्यालय नवलपुरले नागरिकता बदर गरिसकेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनु भयो । घटनाको बिषयमा म्याद थप गरि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१