उद्योगीहरुसंगको बजार बिस्तार तथा अन्तरक्रिया सम्पन्न

घरेलु तथा साना उद्योग कार्यालय लहानद्धारा उद्योगीहरुसंगको अंन्तरक्रिया सम्पन्न

  • असार २४, २०७८
  • ९९६ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह सिरहा लहान २४ असार - घरेलु तथा साना उद्योग कार्यालय लहानले उद्योगीहरु संग बजार बिस्तार तथा अंन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

ब्यवसायीहरुलाई सहरुपमा बजारीकरण होस र किसानहरुको उपजहरु राम्रो मुल्यमा किनमेल र बजारीकरण होस भने उदेश्यले सयौं ब्यापारी र उधोगीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न गरेको हो । घरेलु तथा साना उधोग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्य रहनु भको थियोे । प्रमुख अतिथि अमात्यका अनुसार यो कार्यक्रम भनेको सिरहा जिल्लामा एउटा समृद्धिको कार्यक्रम हो।

उत्पादन धेरै भन्दा धेरै मात्रामा बिक्रीवितरण होस भन्ने बताए। उत्पादनलाई स-बिस्तारको रूपमा लान सकिएको छैन,र लहानमा हेल्फ डेकसको ब्यवस्था र घरेलु प्रद्सनी स्थल कोसेली घर निर्माण गरौं अध्यक्ष अमात्यले बिचार राखेका थिए। घरेलु तथा साना उधोग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवका अनुसार हाम्रो कार्यालयले उधोगी र साना ब्यवसायलाई जनमाउने काम गर्दा र त्यो मात्र गरेर हुँदैन उसलाई लालनपालन गर्ने काम र शिक्षा दिने काम घरेलु तथा साना उधोगको हो। प्रदेश सरकारले उधोगीहरुलाई उकास्न नयाँ रनिति अंगालेको छ भन्दै ब्यापार प्रबर्द्धन उपज बढाउनु पर्ने त्यसले देशमा समृद्धि ल्याउँछ।

र सब भन्दा उधोग दर्ता भएको जिल्ला सिरहा नै हो बताए।दर्ता भएको उधोग काजमै सिमित छ की संचालनमा आएको छ की अनुगमनगर्ने काम कार्यालयले गर्ने भएको छ् । किसान र उधोगीहरुलाई १५ लाख सम्मको ऋण बिना धितोको दिने बताए । आफुले लहानमा रहुन जेल सम्म राम्रो जिम्मेवारीको साथै कार्यालय चलाउने भन्दै उघोग बाणिज्य संघ बहुत क्षमता वान संगठन हो प्रमुख यादवले चर्चा गरेका थिए । नेपाल पत्रकार महासंघ सिरहाको सभापति मनोज बनैताका अनुसार कनजुमरको जुन एरिया हुन्छ त्यो वाडेन न भएको हुँदा त्यसले गर्दा बजारमा त्यो मार्केटमा समस्या भएर जान्छ ।

वरिष्ठ पत्रकार तथा प्रदेश उपाध्यक्ष रामान्द गुप्ताका अनुसार ग्राहक र बजारीकरण गर्ने मधेसकर्ताको बजार प्रबर्द्धन र किसान उपज कसरी बजार समंक्ष पुग्छ र त्यसमा स्थानीय सरकारको ध्यानाकर्षण हुनु जरुरी रहेको बताए ।यो एरियामा सुबिधा सम्पन्न सिड भणडार गृहको निर्माण गर्न सकियो भने किसान बर्गमा सहज हुन्छ वरिष्ठ पत्रकार गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस

अभियानका सञ्चालकहरु ...

रंजित चौरसिया, वीरगंज ३० कार्तिक। अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि.ले एसी प्रोजेक्टको छैठौं क ...

जागिर चाहियो ? पोखरि ...

रंजित चौरसिया,वीरगंज ३० कार्तिक। पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ...

२ दिने टुनाटपपरी ताल ...

रहमुल लहान २९ कार्तिक । संरक्षण परियोजना द्वारा सिरहाको लहान नगरपालिकाको मुतानीखोला उप-जलाधार क्षेत् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१