Siraha Times
ताजा समाचार

हैटीका राष्ट्रपति मोइजको निजी निवासमै हत्या

  • असार २३, २०७८
  • १२२४ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । हेइटीका राष्ट्रपति जोभनेल मोइजको उनको निवासमा हत्या भएको छ ।

राष्ट्रपति मोइजको हत्याबारे अन्तरिम प्रधानमन्त्री अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले एक वक्तव्य जारी गर्दै उनको निधन भएको पुष्टि गरेका छन् ।

जोजेफका अनुसार राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको बताए ।

आक्रमणमा राष्ट्रपतिकी श्रीमती पनि घाइते भएकी छन् ।

अन्तरिम प्रधानमन्त्री जोजेफले राज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएको बताएको बीबीसीले जनाएको छ ।

आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि त्रिपन्न वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हालेका थिए।

भ्रष्टाचारका अभियोगहरूका माझ मोइजको कार्यकाल सहज थिएन र उनले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूको लहरको सामना गर्नु परिरहेको थियो।

प्रतिक्रिया दिनुहोस

सीमावर्ती गाउँको विद ...

ओम प्रकाश यादव लहान, वैशाख ३०। सप्तरी जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र तथा नेपाल–भारत दसगज्ज ...

शैक्षिक गन्तव्यको नय ...

विनोद अविरल, बैशाख २९ । सिरहा जिल्लाको शैक्षिक इतिहासमा धनगढीमाई–१० मा अवस्थित इन्द्रेणी पाठशा ...

बलान बिहुलमा मदरसा स ...

ओम प्रकाश यादव लहान, वैशाख २९ । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ६ सेहरास्थित मुस्लिम समुदायभि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१