Siraha Times
ताजा समाचार

एनआरएनए कतारको अध्यक्षमा पुन: मुक्तदा, सह-कोषाध्यक्ष बाहेक सबै पदमा निर्विरोध

  • असार २२, २०७८
  • ६६३ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान निर्विरोध निर्बाचित भएका छन ।

वर्तमान अध्यक्षसमेत रहेका मुक्तदाले आफ्ना अधुरा काम पुरा गर्ने उदघोषसहित दोश्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका थिए । आगामी जुलाइ ९ मा हुने नवौं महाधिवेशन तथा २०२१–२०२३ कार्यकालको लागि मुक्तदासँगै अध्यक्ष पदका लागि उम्मेदवारी दिएका चुडामणि कार्कीले उम्मेदवारी फिर्ता लिएपछि मुक्तदा निर्विरोध निर्वाचित भएका हुन । नयाँ कार्यसमिति चयनको लागि दिइएको उम्मेद्धारी फिर्ताको समयावधी भित्र सहकोषाध्यक्ष बाहेक सबै पदमा तोकिएको संख्यामा मात्र उम्मेदवारी परपछि त्यो पदबाहेक सबै कार्यसमिति निर्विरोध चयन भएको छ ।

एनआरएनए एनसीसी कतारको निर्वाचन समितिले जुन ५ मा सार्वजनिक गरेको मनोनयन दर्ताको अन्तिम नामावली अनुसार अध्यक्षमा मुक्तदासँगै प्रथम उपाध्यक्षमा जैवी राई, द्धितिय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री, महासचिवमा पदम गिरी, सचिवमा सचिवमा रबिन मगर र दिपजंग शाह तथा कोषाध्यक्षमा बिनोद प्रसाद बसौलाकोे एकल उम्मेद्धारी परेसँगै निर्विरोध निर्वाचित भएका छन । यसैगरी महिला संयोजकमा नानु घले ब्लोन , युवा संयोजकमा डेक ब.भारति (सुमन), लेखा समिति संयोजकमा सन्तोष रेग्मीे तथा लेखा समिति सदस्यमा टिकाराम गौतम (अमित) र गणेश भट्ट निर्बिरोध निर्बाचित भएका छन ।

एक पद रहेको सहकोषाध्यक्षमा भने मिनराज वाग्ले, झविन्द्र आचार्य र बालकृष्ण न्यौपानेको उम्मेदवारी कायमै रहेकाले यो पद भने निर्विरोध हुन सकेन । एनआरएनए एनसीसी कतारकोे सदस्यमा सेवक बि.क., खडक बहादुर पा फागो, ओम बहादुर क्षेत्री (सन्तोष), सबिन्द्र श्रेष्ठ, तारानाथ बास्तोला (पवन), नारायण प्रसाद ढुङगांना, मुख्तार आलम, सन्तोष पौडेल, बिष्णु बहादुर खड्का, गजेन्द्र राई, एकराज कट्वाल, मोहम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्रि, जय प्रकाश यादव, रामबाबु यादव, अगन्धर देवकोटा र , मोहम्मद मेराजुद्दीन निर्बिरोध निर्बाचित भएका छन । यस्तै आइसीसी सदस्यमा नरेश श्रेष्ठ , सरिता भण्डारी पौडेल, टंक कुमार खड्का, अर्र्शद हुसैन मुसलमान, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी र तेज कटुवाल निर्विरोध भएका छन ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१