Siraha Times
ताजा समाचार

सिरहाको भोक्राहामा वडा स्तरीय ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

  • असार २१, २०७८
  • ८९४ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार लहान असार २१ सोमबार - सिरहाको कल्याणपुर नगरपालिकाको सहयोगमा हिजो दिउँसो ११ बजेदेखि १ बजेसम्म भोक्रहा वडा न. ६ कार्यालयको भवनमा वडा स्तरीय ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गरेका छन।

209530870_2052868118229908_8754546501517370666_n

उक्त कार्यक्रम कल्याणपुर नगरपालिका वडा न.६ भोक्राहा द्वारा आयोजित रहेका थिए। सम्मान कार्यक्रममा ७० वर्ष कटेका ( माथिका ) ९९ जना ज्येष्ठ नागरिक वृद्धहरुलाई १ थान चद्दर र १ छाता रंग अविर सहित वडा अध्यक्ष मोतेबुल राईनले सम्मान गरिएका थिए। सिरहाको कल्याणपुर नगरपालिका वडा न. ६ का वडा अध्यक्ष मोतेबुल राईनले गाउँमा आफ्ना विकासका लहर देखाएका छन।युवा जोसिला नेता राईनलाई गाउँका युवा , ज्येष्ठ नागरिक , महिला , अपांग सबैले विकास प्रेमीको संज्ञा दिइएका छन।

209386364_1230774540712556_193169626078507456_n

अहिले गाउँको नाम हिलो मुक्तबाट परिचित गराउनु भएको हो । वुद्धा भत्ता ( बृद्धा पेन्सिल ) को पैसा निकाल्न मिर्चैया बजार आउनु पर्थे , तर , नेता राईनले वडा कार्यालयबाट त्यही पैसा वितरण गर्दा स्थानीय हर्षित देखिन्थे । कला साँस्कृति प्रम्परा र सामाजिक सद्भाव फैलिने कामकाज प्रति दृढ र दिगो विकासलाई समेत आत्मसात गर्नु भएका हुन।

210502323_795878707782704_661382876508263186_n

नेता राईन सँग भेटघाटको क्रममा रोचक विषयको नारा सुनाएका हुन " घरेलुु हिंसा अपराधको जघन्य प्रकार , सबै मिली गरौँ " यसको प्रतिकार भनेका थिए। हो, वास्तवमा घरेलुु हिंसाले समाजमा आर्थिक , सामाजिक , साँस्कृतिक समेतमा ह्रास ल्याउने बताए । नेता मोतेबुल राईले भोक्राहा गाउँका चौतर्फी रुपमा सीसी आर सी ढलान गरेका हुन ।

नेता मोतेबुल राईनले शिक्षा , स्वास्थ , खानेपानी , यातायात , सडकलाई विकासका प्रमुख ऐजेन्डामा राखेका हुन। वहाँले प्रशंसनीय कामकाज देखेर स्थानीयमा खुशीको माहुल छाएको अवस्था देखिएको छ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१