समाजसेवा जारी नै रहन्छ : महेश चौधरी

  • असार १९, २०७८
  • ७०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २०,असार । बिपन्न परिवारहरु आपत्त बिपतमा परेको बेला उनीहरुको घर - घरमा गएर करोडौं रुपैया बराबरको खाध्यान्य सामग्री , भाडाकुडा , लत्ताकपडा लगायत विभिन्न खाले राहत बाडेर चर्चामा आएका समाजसेवी महेश चौधरी पुन: राहत बाड्ने भएको छ । लहान नगरपालिकाको २४ वटै वडा र जिल्लाका विभिन्न ठाउँहरुमा आफ्नो निजि लगानी र मनकारीहरुको सहयोगले निस्वार्थ रुपमा महामारीको वेला राहत बाडेका चौधरी पुनः राहत बाड्ने घोषणा गरेको हो ।

चौधरी कि धर्मपत्नी संगिता कर्माचार्य र निजले गरेको सामाजिक कार्य समाजमा सदैव जिवित राख्न समाजसेवाको कार्यलाई निरन्तरता दिने उनले बताए । मृत्यु निश्चित हो , एक दिन सबैलाई यो संसार त्याग्नै पार्ने हुन्छ , मानवसेवा भन्दा ठुलो धर्म यो संसारमा केही छैन् ` श्रीमतीको समाजिक कार्यप्रतिको मोहलाई म सदैव निरंतरता दिने छु प्रत्तिबद्ता गरे ।,

समाजसेवी चौधरीले भने- श्रीमती संगिताको २०७८ जेठ २२ गते झापाको बि एण्ड सि अस्पतालमा अल्पआयुमै कोरोनाको कारण निधन भयो, उनको सम्झनामा प्रत्येक महिनाको २२ गतेको दिन समस्यामा परेका दलित , गरीब , असहाय समुदायहरुको लागि केहि न केही सक्दो सहयोग गर्छु ।, श्रीमतीको सम्झनामा (पहिलो महिना) २०७८ आसार २२ गते दिउँसो १ बजे लहान नगरपालिका वडा नम्बर- २४ मा ४० जना विपन्न परिवारका गर्भवती महिलालाई पौस्टिक अहार बितरण गर्ने जनाए । स्वर्गीय श्रीमती कर्माचार्यको आत्माको चिरशान्तिको कामना स्वरुप प्रति गर्भवती दिदी बहिनीलाई १० किलो चामल , १ लि. खाने तेल, १ पाकेट नुन ,दाल, स्वाविन, चना , चिनी लगायत फलफूल वितरण गर्ने योजना रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस

बलान विहुल युवा सञ्ज ...

ओम प्रकाश यादव, लहान, साउन २१। सप्तरीको बलान विहुल गाउँपालिका–१, मल्हनियाँमा बलान विहुल युवा स ...

अर्नमा गाउँपालिका २ ...

ओम प्रकाश यादव लहान साउन २१ । जनता समाजवादी पार्टी नेपाल (जसपा) सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर ...

भगवानपुर वन नर्सरीबा ...

ओम प्रकाश यादव लहान, साउन २०। डिभिजन वन कार्यालय लहान अन्तर्गत सिरहाका १७ मध्ये १५ वटा स्थानीय तहमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१