ताजा समाचार

समाजसेवा जारी नै रहन्छ : महेश चौधरी

  • असार १९, २०७८
  • ८८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २०,असार । बिपन्न परिवारहरु आपत्त बिपतमा परेको बेला उनीहरुको घर - घरमा गएर करोडौं रुपैया बराबरको खाध्यान्य सामग्री , भाडाकुडा , लत्ताकपडा लगायत विभिन्न खाले राहत बाडेर चर्चामा आएका समाजसेवी महेश चौधरी पुन: राहत बाड्ने भएको छ । लहान नगरपालिकाको २४ वटै वडा र जिल्लाका विभिन्न ठाउँहरुमा आफ्नो निजि लगानी र मनकारीहरुको सहयोगले निस्वार्थ रुपमा महामारीको वेला राहत बाडेका चौधरी पुनः राहत बाड्ने घोषणा गरेको हो ।

चौधरी कि धर्मपत्नी संगिता कर्माचार्य र निजले गरेको सामाजिक कार्य समाजमा सदैव जिवित राख्न समाजसेवाको कार्यलाई निरन्तरता दिने उनले बताए । मृत्यु निश्चित हो , एक दिन सबैलाई यो संसार त्याग्नै पार्ने हुन्छ , मानवसेवा भन्दा ठुलो धर्म यो संसारमा केही छैन् ` श्रीमतीको समाजिक कार्यप्रतिको मोहलाई म सदैव निरंतरता दिने छु प्रत्तिबद्ता गरे ।,

समाजसेवी चौधरीले भने- श्रीमती संगिताको २०७८ जेठ २२ गते झापाको बि एण्ड सि अस्पतालमा अल्पआयुमै कोरोनाको कारण निधन भयो, उनको सम्झनामा प्रत्येक महिनाको २२ गतेको दिन समस्यामा परेका दलित , गरीब , असहाय समुदायहरुको लागि केहि न केही सक्दो सहयोग गर्छु ।, श्रीमतीको सम्झनामा (पहिलो महिना) २०७८ आसार २२ गते दिउँसो १ बजे लहान नगरपालिका वडा नम्बर- २४ मा ४० जना विपन्न परिवारका गर्भवती महिलालाई पौस्टिक अहार बितरण गर्ने जनाए । स्वर्गीय श्रीमती कर्माचार्यको आत्माको चिरशान्तिको कामना स्वरुप प्रति गर्भवती दिदी बहिनीलाई १० किलो चामल , १ लि. खाने तेल, १ पाकेट नुन ,दाल, स्वाविन, चना , चिनी लगायत फलफूल वितरण गर्ने योजना रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤