केन्द्रीय सदस्यहरूसँग छलफल गरेर आगामी रणनीति बनाउने सहमति’

  • असार १५, २०७८
  • ७०२ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं ।नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा बसेको उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाको बैठकले केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गर्ने निर्णय गरेको छ।

महाधिवेशनमा सभापतिका आकांक्षी रहेका तीन नेताको बैठकले केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।आजको बैठकमा केन्द्रीय सदस्यहरूसँग छलफल गरी आगामी रणनीति बनाउने सहमति भएको छ ।’ बैठकमा सहभागी एक नेताले भने । महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेताहरुसँग छुट्टै छलफल गरिने पनि बताइएको छ ।

यसअघि यी तीन नेताहरुले निधि र कोइराला निवासमा छलफल गरेका थिए । उनीहरुबीच महाधिवेशनसम्म मिलेर जाने सहमति पनि भइसकेको छ । महाधिवेशन नजिकिँदै जाँदा नेताहरुको भेटले तीव्रता पाएको हो ।कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा तय भएको छ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१