Siraha Times
ताजा समाचार

सप्तरीको ६ ठाउँमा स्वास्थ्य सामाग्री बितरण

  • असार १५, २०७८
  • १३२४ पटक पढिएको
  • रामएकवाल राम
alt

नविन यादब सप्तरी, १५ असार ः सप्तरी जिल्लाको विभिन्न ६ ठाउँमा एकै दिन स्वास्थ्य तथा सरसफाई एवं मर्यादित किट हस्तान्तरण गरिएको छ । राजविराज नगरपालिकास्थित जिल्ला प्रहरी कार्यालय र गजेन्द्रनारायण सिंह अस्पताल, तिलाठी कोइलाडी गाउँपलिकास्थित आईसोलेसन केन्द्र तोपा र प्रहरी चौकी को.बर्साइन, छिन्नमस्ता गाउँपलिकास्थित इलाका प्रहरी कार्यालय तथा राजगढ गाउँपलिकास्थित प्रहरी चौकीमा स्वास्थ्य सामाग्री वितरण भएको हो ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले, गजेन्द्रनारायण सिंह अस्पतालमा डा. दिपा यादवले, आईसोलेसन केन्द्र तोपामा जनस्वास्थ्य अधिकृत भुपेन्द्र झाले, को. बर्साईन प्रहरी चौकीमा चौकीका इन्चार्ज बिबेककुमार भारतीले सामाग्री बुझ्नु भयो । कोरोनाको महामारीमा अग्रपंक्तिमा खटिनुभएका प्रहरी, स्वास्थ्यकर्मीका साथै संक्रमित र हेरचाहका लागि खटिएका कुरुवालाई सहयोग पुग्ने हिसाबले स्वास्थ्य सामाग्री वितरण गरिएको समग्र जनउत्थान केन्द्रका अध्यक्ष भैरवप्रसाद गेलालले बताउनु भयो ।

प्रहरी कार्यालयहरुमा वितरण गरिएको सामग्रीहरूमा बाकससहित सर्जिकल माक्स १ हजार थान, आधा लिटरको स्यानिटाइजर ३५ थान, दुई सय मिलिलिटरको हेन्डवास ९ थान, पीपीई ५ थान, आधा लिटरको हर्पिक ८ थान, एयरपोकेट १० ग्रामको ५ थान, एक लिटरको फिनेल ८ थान, शौचालय सफा गर्ने ब्रस ५ थान, प्लाष्टिक बाल्टिन २ थान, जग २ थान, सेनिटेरी प्याड १० पोका हस्तान्तरण गरिएको छ । यसैगरी आइसोलेशन केन्द्रहरुमा कोभिड संक्रमित र कुरुवालाई लक्षित गर्दै स्वास्थ्य सामाग्रीको २५ थान किट बितरण गरिएको छ । सामग्रीहरूमा १÷१ थान नुहाउने र लुगा धुने साबुन, दाँत ब्रस, पेस्ट, पानी पिउने बोतल, पाउडर, गम्छा र सात थान सेनेटरी प्याड बितरण गरिएको छ ।

संक्रमित र हेरचाह गर्नेका लागि आइसोलेशन किटका सामाग्रीहरुमा मेडिकल मास्क ८४ थान, २५० मिललिटरको स्यानिटाइजर १ बोतल, व्याट्रीसहित अक्सिमिटर र थर्मोमिटर १÷१ थान, टिस्यु पेपर र पञ्जा १÷१ वट्टा वितरण गरिएको कार्यक्रम निर्देशक देवराज पोखरेलले बताउनु भयो । यसका साथै किटमा स्वअनुगमन फारम, संक्रमण रोकथाम तथा नियन्त्रण पर्चा, अस्पताल जानुपर्ने अवस्था सम्बन्धी पर्चाहरु समेत राखिएको सहज परियोजनाका रामभरोसी गुप्ताले जानकारी दिनुभयो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र प्रहरी कार्यालयमा भएको सामाग्री वितरण कार्यक्रममा नगर उपप्रमुख साधना झा, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व सभापति धिेरेन्द्रप्रसाद साहलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१