ताजा समाचार

कतारमा प्रभावकारी बन्यो खोप अभियान, ३० लाख बढी डोज वितरण

  • असार १४, २०७८
  • ८८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा। कतारमा सञ्चालन गरिएको कोभिड–१९ विरुद्ध राष्ट्रिय खोप कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको छ। २३ डिसेम्बर २०२० देखि सुरु भएको बृहत खोप कार्यक्रममा ३० लाख भन्द बढी डोज उपयोग भइसकेको छ। कतारको स्वास्थ्य मन्त्रालयले फाइजर–मोडर्ना र बायोन्टेकलाई स्वीकृति दिएको थियो। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कतारमा १२ वर्ष माथिका ५८.२ प्रतिशत जनसंख्यालाई खोपको दुवै मात्रा लगाइसकिएको छ। यस्तै, ७१.३ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएका छन्। खोप कार्यक्रममा ४० वर्ष माथिका ९० प्रतिशत बढीले कम्तिमा खोपको एक मात्रा लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। खोप कार्यक्रम कोभिड–१९ उन्मुलनको लागि कोशेढुंगा सावित हुने बताइएको छ।

Open Photo

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤