ताजा समाचार

कतारमा नेपाली भाषाको रेडियो कार्यक्रम संचालन गर्न द्धिपक्षीय छलफल

  • असार १०, २०७८
  • ११८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा। कतारमा रहेका नेपालीलाई यहाँको नियम-कानून तथा कला–संस्कृतीबाट सूसुचित गर्ने उद्देश्यका साथ कतार मिडिया को–अपरेशनका प्रमुख निर्देशक अब्दुल्लाह बिन हमाद अल–थानी र कतारका लागि नेपाली राजदूत डा‍.नारदनाथ भारद्धाजबीच छलफल भएको छ। कतार मिडिया अफिसमा बिहीबार बिहान सम्पन्न भेटघाट कार्यक्रममा यहाँ कार्यरत नेपालीलाई कसरी सूसुचित गर्ने विषयमा द्धिपक्षीय छलफल भएको थियो।

कतारमा हाल साढे तीन लाख नेपाली कार्यरत छन्। कतारको नियम–कानून, भाषा र यहाँको जीवनशैली नबुझ्दा थुप्रै अन्यौलता कायम रहेको छ। यसलाई सहजीकरण गर्ने विषयमा थानी र राजदूत भारद्धाजबीच चर्चा भएको थियो। नेपालीलाई कतारको जीवनशैली तथा कानूनी पक्षबारे जानकारी गराउन नेपाली भाषामै कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि चर्चा भएको राजदूत भारद्धाजले बताए। यस्तै, कतारी जनताहरूलाई पनि नेपालको कला, संस्कृति तथा जीवनशैलीबारे अवगत गराउन मिडियामैत्री कार्यक्रम प्रभावकारी हुने राजदूत भारद्धाजको कथन थियो।

‘यहाँ भएका नेपालीलाई कतारको नियम–कानून तथा भाषा थाहा नहुँदा केही अन्यौलता सिर्जना हुने गरेको छ। यसको सहजीकरण मिडियामार्फत हुने कुरामा सहमती बनेको छ,’ राजदूत भारद्धाजले बताए। कतारस्थित नेपाली दूतावास र कतार मिडिया को–अपरेशनको साक्षेदारीमा सूचना मुलुक रेडियो कार्यक्रम चलाउने विषयमा पनि सकारात्मक कुराकानी भएको भारद्धाजले बताए।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤