कल्याणपुर महिला कुटपिट काण्ड साह दम्पतीलाई गाउँमा बस्न नदिने धम्की, सिरहा प्रहरीलाई चुनौती

  • असार १०, २०७८
  • १२१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । दिनेश्वर गुप्ता लहान,१० जेठ । महिलालाई कुटपिट गरी बेहोस पर्दा मिर्चैया प्रहरीले ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरेपनि आरोपितहरु खुला चुनौती दिँदै पीडितलाई धम्कीयाउँदै छन् । सिरहाको कल्याणपुर ६ की वविता साहलाई छिमेकीले जेठ २९ गते निर्घात कुटपिट गरेका छन् । कुटपिट गर्ने विनोद महासेठ, पुनम महासेठ, धिरेन्द्र महासेठ, अनिल महासेठ, भुटी भनिने मालती महतोमाथी पीडितका पति सुजितकुमार साहले ज्यान मार्ने उद्योग अन्तरगतको ईलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दर्ता गराएका छन् । प्रहरीले धिरेन्द्र महासेठलाई पक्राउ गरी कारवाही अघि बढाएको छ भने बाँकी आरोपित खुला चुनौती दिइरहेको पीडितपक्षले जानकारी दिए ।

No description available.

पीडित वविता साहले ‘यस अघि बोक्सी भन्दै कुटपिट गरेका थिए ।’ ‘लागुऔषध घरमा फालेर छोराहरुलाई सफाउँने प्रयास गरेको थियो ।’ ‘तर, लागुऔषधवारे प्रहरीलाई आफै जानकरी गराउँदा उनीहरुको चक्रव्युहबाट बाचे ।’ ‘पटक पटक फसाउँने र कुटपिट गर्दै आएका छन् ।’ ‘कल्याणपुर पोष्टका प्रहरीलाई आर्थिक प्रलोभनमा हो की के हो ? सधैं उनीहरु उन्मुक्ती पाउँदै आएको छ । ’ ‘हामीलाई गाउँमा बस्ने नदिने धम्की दिँदै आएको छ ।’ पीडित साहले बताइन् ।

आरोपितलाई पक्राउ गर्न गाउँ जान्छन् । तर, दूई जना प्रहरी मेरो घर आएर फर्किनु हुन्छ । अपराधी लुकेको ठाउँमा नगएको पीडितकी पति सुजित साहले बताए । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी हिराबहादुर पाण्डेले ‘एक जनालाई पक्राउ गरिसकेको छु ।’ ‘बाँकीलाई पक्राउ गर्न प्रहरी खटाईसकेको छ ।’‘ यो घटनाको अनुसन्धान जारी छ ।’ ‘चाडै बाँकी आरोपितलाई नियन्त्रणमा लिने’ ‘तर, घटनाको आरोपित सतप्रतिशत पक्राउ पर्छ भने छैन ।’ उनले बताए ।

घटना जग्गा विवादबाट शुरु भएर बोक्सीको आरोप लगाउँदै पीडित साहलाई पटक पटक कुटपिट गर्दैै आएको छ । यस अघि २०७७ फागुन २५ गते बोक्सीको आरोपमा वविता साहलाई कुटपिट गरेको थियो । उनका तीन छोरालाई समेत कुटपिट आएको छ भने बोक्सीको आरोप सम्बन्धी समेत मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१