माइक्रोसफ्टले आज विन्डोज ११ सार्वजनिक गर्दै

  • असार १०, २०७८
  • ६०८ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं। माइक्रोसफ्टले आफ्नो नयाँ अपरेटिङ सिस्टम विन्डोज ११ आज सार्वजनिक गर्दैछ । आज कम्पनीले एक कार्यक्रम गरी विन्डोज ११ लन्च गर्ने तयारी गरेको छ । यो कार्यक्रममा माइक्रोसफटका सीइओ तथा अध्यक्ष सत्य नडेलाका साथै चिफ प्रोडक्ट अफिसर पेनोस पनाय पनि सहभागी हुन सक्नेछन् । माइक्रोसफ्ले आफ्नो वेबसाइटमा जनाएअनुसार यो कार्यक्रम आज नेपाली समयअनुसार बेलुकी पौने ९ बजे (इस्टर्न टाइम बिहान ११ बजे) हुँदैछ ।

सार्वजनिक हुनुभन्दा पहिले नै विन्डोज ११ का केही फिचरहरुबारे जानकारी बाहिरिइसकेको छ । बाहिरिएका अपुष्ट जानकारीहरुका अनुसार विन्डोन ११ को कोड नाम सन भ्याली हुन सक्छ । यसमा कैयौं किसिमका परिवर्तन गरिएका छन् । यसमा नयाँ स्टार्ट मेनु र राउन्डेड कर्नरहरु हुनेछन् । विन्डोज ११ मा डार्क मोडका लागि सपोर्ट हुन सक्नेछ । यसमा स्टार्ट मेनु, फाइल एक्सप्लोरर, कन्टेक्स्ट मेनु लगायत युजर इन्टरफेसका मुख्य कुराहरुलाई राउन्ड कर्नरको साथ दिइएको हुन सक्छ ।

नयाँ अपडेटको साथ विन्डोजको नयाँ लोगो पनि आउन सक्छ । हालै यसका केही फोटो पनि सार्वजनिक भएका थिए जसमा नयाँ लोगो नीलो रंगको साथमा सन भ्याली थिमको साथमा आउने देखिएको थियो । रिपोर्टका अनुसार नयाँ विन्डोमा सबैभन्दा ठूलो परिवर्तन टास्कबारको हुनेछ । अब यसलाई बीचमा ल्याइन सक्छ र यसमा नयाँ स्टार्ट बटन र मेनु पनि हुन सक्छ । स्टार्ट मेनुमा लाइभ टाइल्स छैनन् ।

प्रतिक्रिया दिनुहोस

लहान रा.उ.अस्पताल जग ...

लहान मंसिर २९ । लहानस्थित रामकुमार मुरारका–उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा अस्पता ...

जसपा नेपाल क्षेत्रीय ...

ओम प्रकाश यादव लहान मंसिर २९ । जनता समाजवादी पार्टी सिरहा जिल्लाका मेहिनेती नेता रामु महतो क्षेत्रीय ...

कृष्णनगरमा राष्ट्रीय ...

रवि प्रकाश कसौधन, कृष्णनगर, मंसिर २८ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजात ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१