Siraha Times
ताजा समाचार

माइक्रोसफ्टले आज विन्डोज ११ सार्वजनिक गर्दै

  • असार १०, २०७८
  • ७४० पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं। माइक्रोसफ्टले आफ्नो नयाँ अपरेटिङ सिस्टम विन्डोज ११ आज सार्वजनिक गर्दैछ । आज कम्पनीले एक कार्यक्रम गरी विन्डोज ११ लन्च गर्ने तयारी गरेको छ । यो कार्यक्रममा माइक्रोसफटका सीइओ तथा अध्यक्ष सत्य नडेलाका साथै चिफ प्रोडक्ट अफिसर पेनोस पनाय पनि सहभागी हुन सक्नेछन् । माइक्रोसफ्ले आफ्नो वेबसाइटमा जनाएअनुसार यो कार्यक्रम आज नेपाली समयअनुसार बेलुकी पौने ९ बजे (इस्टर्न टाइम बिहान ११ बजे) हुँदैछ ।

सार्वजनिक हुनुभन्दा पहिले नै विन्डोज ११ का केही फिचरहरुबारे जानकारी बाहिरिइसकेको छ । बाहिरिएका अपुष्ट जानकारीहरुका अनुसार विन्डोन ११ को कोड नाम सन भ्याली हुन सक्छ । यसमा कैयौं किसिमका परिवर्तन गरिएका छन् । यसमा नयाँ स्टार्ट मेनु र राउन्डेड कर्नरहरु हुनेछन् । विन्डोज ११ मा डार्क मोडका लागि सपोर्ट हुन सक्नेछ । यसमा स्टार्ट मेनु, फाइल एक्सप्लोरर, कन्टेक्स्ट मेनु लगायत युजर इन्टरफेसका मुख्य कुराहरुलाई राउन्ड कर्नरको साथ दिइएको हुन सक्छ ।

नयाँ अपडेटको साथ विन्डोजको नयाँ लोगो पनि आउन सक्छ । हालै यसका केही फोटो पनि सार्वजनिक भएका थिए जसमा नयाँ लोगो नीलो रंगको साथमा सन भ्याली थिमको साथमा आउने देखिएको थियो । रिपोर्टका अनुसार नयाँ विन्डोमा सबैभन्दा ठूलो परिवर्तन टास्कबारको हुनेछ । अब यसलाई बीचमा ल्याइन सक्छ र यसमा नयाँ स्टार्ट बटन र मेनु पनि हुन सक्छ । स्टार्ट मेनुमा लाइभ टाइल्स छैनन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया, वीरगंज १२ असार। नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा इन्स्टिच्युट अफ मेडिसिन (आई ...

खडक नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, असार १२ । सप्तरीको खडक नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउ ...

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१