ताजा समाचार

सामाधान महिला कृषि सहकारी द्धारा राहत सहयोग

हेफर नेपालद्वारा लाहान नगरपालिकालाई राहत सहयोग

  • असार ९, २०७८
  • १४९३ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह सिरहा ९ असार - हेफर नेपालले श्री सामाधान महिला कृषि सहकारीको माध्यमले लाहान नगरपालिकालाई कोभिड १९ नियन्त्रणको लागि राहत सहयोग गरेको छ । माहामारीको बेला कृषि क्षेत्रमा लागेकाहरुको स्वास्थ सुरक्षाको हिसाबले कुल ३ लाख राहत प्रदान गरिएको छ । सामाधान महिला कृषि सहकारीद्वारा लाहान २१ माधोपुरमा आयोजना गरिएको एक कार्यक्रमबिच मेयर मुनी साहलाई सहयोग स्वरुप ३ लाखको चेक हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका लाहान नगरपालिकाका मेयर मुनी साहले हेफर नेपाल र सामाधान महिला कृषि सहकारीलाई धन्यवाद ज्ञापन गरेका थिए । प्रमुख साहले भने 'सामाधान महिला सहकारीले राम्रो काम गर्दै गरेको र आउने दिनमा अझ कृषि केन्द्रित कार्यक्रम ल्याई कृषकको हितमा काम गर्नुपर्छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिराहाका सभापति मनोज बनैता यादवले सामाधान महिला कृषि सहकारीले कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । बनैताले महिलाहरुलाई उधमी बनाई कृषि क्रान्ति ल्याउन सञ्चार क्षेत्रले पुर्णरुपमा साथ दिने प्रतिवद्धता जाहेर गरे ।

सामाधान महिला सहकारीका सचिव गिरिजा यादवले १२ वटा दियो प्रज्वलन गर्दै आफ्नो संस्थाले १२ वटै संकल्प लिदै अगाडि बढेको बताईन । यादवले उक्त सहकारी २५ हजारको कारोबार बाट अहिले ११ लाखको पुजी कायम गरेको भन्दै सम्पुर्ण महिला सदस्यलाई बधाई दिईन । उनले हेफर नेपालले आउने दिनमा समेत यस संस्थाको कार्यलाई उचित मुल्यांकन गरी अझ बढी सहयोग गर्ने आशा ब्यक्त गरिन ।

राहत कार्यक्रमको अध्यक्षता सामाधान महिलाको अध्यक्ष दुर्गी देवी यादवले गरेकी थिईन भने नेकपा जिल्ला कमिटी सदस्य राज कुमार यादव, ब्रमाहण गोर्छारी मा.वी को अध्यक्ष जितन साह, पत्रकार जिवछ उदासीलगायतको उपस्थिति रहेको थियो ।

sahakari1

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤