ताजा समाचार

रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती छुटिन्

  • असार ९, २०७८
  • १०६९ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौँ, । सञ्चारकर्मी  रूपा सुनारलाई  जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा प’क्राउ परेकी घरबेटी  सरस्वती प्रधानलाई छुटाउन बुधवार  आफै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए  ।  

महानगरीय प्रहरी वृत्त सिंहदरबारमा मन्त्री श्रेष्ठ पुगेपछि रहोबरमा छाडिएको थियो । दलित भएकै कारण कोठा नदिएको उजुरी रुपाले दिएपछि प्रधान प’क्राउ परेकी थिइन् ।बुधबारै ती घरधनी रिहाइको माग गर्दै बबरमहलस्थित सरकारी वकिलको कार्यालयअगाडिको सडकमा प्रदर्शन गरिएको थियो ।  दलित अधिकारकर्मीहरूले भने प्रधानलाई छाड्न नहुने भन्दै दबाब दिइरहेका थिए ।

घरधनी सरस्वती प्रधान नेवार समुदायकी हुन् । श्रेष्ठ पनि नेवार समुदायका हुन् । श्रेष्ठ नेवार समुदायको बाहुल्य रहेको क्षेत्रबाट चुनाव जितेका थिए ।प्रधानलाई कोठा नदिएको आधारमा जातीय अवहेलना गरेको अभियोग लागेको थियो । नेवार समुदायको प्रधानप्रति सद्भाव बढ्दै गएको थियो । यही सेन्टिमेन्ट जित्न पनि श्रेष्ठ आफै अघि सरे । उनले प्रधानलाई छुटाउन भूमिका खेले । 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤